आइशर पर्फमर च्याम्पियनको उपाधी नेपाललाई

काठमाडौं– कमर्सियल भेइकल उत्पादक आइसरले हरेक वर्ष मनाउने ‘पर्फमर अफ द इयर’ मा नेपाल च्याम्पियन बनेको छ । नेपाल सहित ३० देशले सहभागीता जनाएको सो प्रतियोगितामा नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लुका प्रडक्ट हेड ठाकुर कुमार गाह फस्र्ट रनर अप र अफिसर अशोक थापा स्टार पर्फमर बनेका हुन् ।

उत्कृष्ट प्रदर्शन र आइशरको मूल्यवान ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धताले उनीहरुलाई आइशर प्रोफर्मरको च्याम्पियन बनाइएको कम्पनीले जनाएको छ ।

व्यावसायिक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइशरले यो कार्यक्रम आफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो । सुरुवातदेखि नै यसले व्यक्तिगत क्षमताको मुल्यांकन गर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मुल्यांकन गर्दै आएको छ र व्यवसायिकरणको नीतिमा पनि यो प्रतियोगिता उत्साहको उत्प्रेरक बनेको छ ।

कठिन चरणहरू समावेश गरिएको सो प्रतियोगितामा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार, उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश गरिएका थिए । यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो । प्रतियोगितामा विभिन्न देशका २०० सहभागीहरूले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचारहरू

गाडीमा हुने कुलेन्ट के हो ? इन्जिन ओभर हिटिङ हुँदा कसरी चिसो हुन्छ ?

गाडीमा हुने कुलेन्ट के हो ? इन्जिन ओभर हिटिङ हुँदा कसरी चिसो हुन्छ ?

लामो दुरीको यात्रामा जानुभन्दा पहिला बाटोमा कुनै पनि प्रकारको समस्याबाट...

नयाँ प्रदूषण मापदण्ड सम्बन्धी अटो मेकानिक्स व्यवसायी संघको विभागलाई ध्यानाकर्षण

नयाँ प्रदूषण मापदण्ड सम्बन्धी अटो मेकानिक्स व्यवसायी संघको विभागलाई ध्यानाकर्षण

काठमाडौं – सरकारले लागू गर्न लागेको नयाँ प्रदूषण मापदण्ड र यसका लागि सवारी...

जनप्रतिनिधिहरुद्वारा अटो भिलेजको मिलेर विकास गर्ने र समस्या समाधान गर्ने प्रतिवद्धता

जनप्रतिनिधिहरुद्वारा अटो भिलेजको मिलेर विकास गर्ने र समस्या समाधान गर्ने प्रतिवद्धता

बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको समस्या समाधानमा ध्यान दिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...