फाइनल राउन्ड विजेता बने पौडेल र विष्ट

नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न सो इभेन्टको नेसनलतर्फ श्रीहरी पौडेल विजेता बने भने फर्स्ट रनर अप दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बने ।

त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बने भने फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बने ।

ललितपुरको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको सो च्याम्पियनसिप अन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । नोभिस अन्तर्गत पहिलो पटक सहभागी राइडरहरु सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरु सम्मिलित थिए । सबै गरी ४६ राइडरहरु फाइनल राउन्डमा सहभागी भएका थिए ।

यो भन्दा पहिले सातदोबाटोमै राउन्ड १ तथा चितवनमा राउन्ड २ र पोखरामा राउन्ड ३ अन्तर्गतको प्रतियोगिता सम्पन्न भएको थियो ।

फाइनल राउन्डका विजेताहरुले क्रमशः ७७ हजार, ५५ हजार र ४४ हजार नगदका साथै ट्रफी र मेडल प्राप्त गरे । नासा नेपालका अध्यक्ष दशरथ रिसाल र नासा नेपाल एवम् मोटर स्पोर्ट्स नेपालका पदाधिकारीहरुले विजयी खेलाडीलाई ट्रफी र मेडलका साथै नगद पुरस्कार हस्तान्तरण गरे ।

मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो । त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो । त्यसैगर एटायर पार्टनर युथ कलेक्सन रहेको थियो ।

सो च्याम्पियनसिपलाई भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सहयोग रहेको थियो भने धेरै लुब्रिकेन्ट कम्पनीहरुले राइडरहरुलाई स्पोन्सर गरेका थिए ।

यो सँगै यस सिजनको नेपाल रोड रेसिङ च्याम्पियनसिप सम्पन्न भएको छ । आगामी दिनमा समेत यस प्रकारको च्याम्पियनसिप आयोजना गरिने मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले बताए ।

सम्बन्धित समाचारहरू

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

भरतपुरको सार्वजनिक यातायात सुधारका लागि वागमती अटोमोबाइल्स एसोसिएसनले विभिन्न कार्य गर्ने

चितवन – भरतपुर महानगरपालिका भित्रका सार्वजनिक यातायात सुधारका लागि...

सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम वारे नीतिगत छलफल सम्पन्न

सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम वारे नीतिगत छलफल सम्पन्न

काठमाडौं – नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयमा सडक सुरक्षा...

नासा नेपालले सम्पन्न ग-यो ‘अ सेफ जर्नी टु द स्कुल्स’ अभियान

नासा नेपालले सम्पन्न ग-यो ‘अ सेफ जर्नी टु द स्कुल्स’ अभियान

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले स्टार रेटिङ फर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...