बजाज, टीभीएस, यामाहा र सुजुकीको सहयोगमा रेसिङ च्याम्पियनसिप हुँदै, लुब्रिकेन्ट पार्टनर शेल

काठमाडौं – आगामी शुक्रबार र शनिबार नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेसनल र नोभिस क्याटागोरीमा मोटरसाइकल राइडरहरुबीच प्रतिस्पर्धा हुनेछ ।

नेसनल अन्तर्गत १५ जना राष्ट्रिय स्तरका मोटरसाइकल राइडरबिच रेसिङ प्रतिस्पर्धा हुनेछ भने नोभिस अन्तर्गत ४८ जना राइडरबिच प्रतिस्पर्धा हुनेछ । राइडरहरुका लागि आवश्यक ओरिएन्टेसन कार्यक्रम समेत शनिबार सम्पन्न गरिएको छ ।

मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गर्ने सो प्रतियोगितालाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्थाको सहयोग रहेको छ । त्यसैगरी नेपालमा रहेका बजाज, टीभीएस, यामाहा र सुजुकी मोटरसाइकलका आधिकारिक बिक्रेताहरुको समेत सहयोग रहेको छ । अफिसियल लुब्रिकेन्ट पार्टनर शेल लुब्रिकेन्ट रहेको छ ।

यस अनुसार सो प्रतियोगितामा बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६०, यामाहाको आर१५ सिरिज र सुजुकीको जिक्सर १५५ मोटरसाइकल कुदाइने छ ।

यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले बताए । यसै अनुसार हाल काठमाडौं उपत्यकामा रेसिङ कार्यक्रम आयोजना हुन लागेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...