बजाज, टीभीएस, यामाहा र सुजुकीको सहयोगमा रेसिङ च्याम्पियनसिप हुँदै, लुब्रिकेन्ट पार्टनर शेल

काठमाडौं – आगामी शुक्रबार र शनिबार नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा आयोजना हुने सो च्याम्पियनसिपमा नेसनल र नोभिस क्याटागोरीमा मोटरसाइकल राइडरहरुबीच प्रतिस्पर्धा हुनेछ ।

नेसनल अन्तर्गत १५ जना राष्ट्रिय स्तरका मोटरसाइकल राइडरबिच रेसिङ प्रतिस्पर्धा हुनेछ भने नोभिस अन्तर्गत ४८ जना राइडरबिच प्रतिस्पर्धा हुनेछ । राइडरहरुका लागि आवश्यक ओरिएन्टेसन कार्यक्रम समेत शनिबार सम्पन्न गरिएको छ ।

मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गर्ने सो प्रतियोगितालाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्थाको सहयोग रहेको छ । त्यसैगरी नेपालमा रहेका बजाज, टीभीएस, यामाहा र सुजुकी मोटरसाइकलका आधिकारिक बिक्रेताहरुको समेत सहयोग रहेको छ । अफिसियल लुब्रिकेन्ट पार्टनर शेल लुब्रिकेन्ट रहेको छ ।

यस अनुसार सो प्रतियोगितामा बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६०, यामाहाको आर१५ सिरिज र सुजुकीको जिक्सर १५५ मोटरसाइकल कुदाइने छ ।

यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले बताए । यसै अनुसार हाल काठमाडौं उपत्यकामा रेसिङ कार्यक्रम आयोजना हुन लागेको हो ।

सम्बन्धित समाचारहरू

एफआईए मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमलाई गरियो विदाई

एफआईए मोटरस्पोर्ट गेम्स २०२४ का लागि नेपाली टिमलाई गरियो विदाई

स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने एफआईए...

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त...

लायन्सको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने

लायन्सको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने

काठमाडौं – लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...