नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न
काठमाडौं – नेपालमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्सको क्षेत्रमा विगत एक...
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ अन्तर्गत राउन्ड १ सकिएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको सो मोटरसाइकल रेसिङमा विभिन्न क्याटागोरीमा टु ह्विलर राइडरहरु सहभागी भएका थिए ।
सो च्याम्पियनसिपको नेसनल क्याटागोरीमा श्रीहरी पौडेल विजयी बने भने रितेश खत्री र राजकुमार कार्कीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी नोभिस क्याटागोरीमा प्रशान्त सुतिहार विजयी बने भने सायल गजमेर र आयुश दुवालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।
रेसनारीमा सुरक्षा केसी विजयी बनिन् भने वर्षा बस्नेतले दोस्रो र नवाङ मोक्तानले तेस्रो स्थान हासिल गरिन् ।
ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा भएको च्याम्पियनसिपअन्तर्गत विभिन्न क्याटागोरीका विजेता खेलाडीहरूलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सचिव सन्तोष न्यौपाने र यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लुका सीईओ दीपक अग्रवाल लगायतका पदाधिकारीहरूले पुरस्कृत गरेका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लबले यो प्रतियोगिता आयोजना गरेको हो ।
अटोमोबाइल सम्बन्धी विभिन्न कम्पनीहरुले सो इभेन्टका लागि सहकार्य गरेका थिए । यस अनुसार टु ह्विलर पार्टनर यामाहा, टायर पार्टनर रेज मोटो, सेफ्टी गियर पार्टनर कवच गियर आदि रहेका थिए भने पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको थियो ।
सबै गरी ५ राउन्डमा हुने सो प्रतियोगिताको अन्य राउन्ड आगामी दिनमा पोखरा, हेटौंडा र चितवन लगायतका स्थानमा हुने नेपाल रोड रेसिङ च्याम्पियनसिपका अध्यक्ष सर्जल वैद्यले बताए ।
काठमाडौं – नेपालमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्सको क्षेत्रमा विगत एक...
काठमाडौं – मोटर, मोटर साइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...