तीव्र प्रतिस्पर्धाका साथ सकियो नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड १

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ अन्तर्गत राउन्ड १ सकिएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको सो मोटरसाइकल रेसिङमा विभिन्न क्याटागोरीमा टु ह्विलर राइडरहरु सहभागी भएका थिए ।

सो च्याम्पियनसिपको नेसनल क्याटागोरीमा श्रीहरी पौडेल विजयी बने भने रितेश खत्री र राजकुमार कार्कीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

त्यसैगरी नोभिस क्याटागोरीमा प्रशान्त सुतिहार विजयी बने भने सायल गजमेर र आयुश दुवालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

रेसनारीमा सुरक्षा केसी विजयी बनिन् भने वर्षा बस्नेतले दोस्रो र नवाङ मोक्तानले तेस्रो स्थान हासिल गरिन् ।

ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा भएको च्याम्पियनसिपअन्तर्गत विभिन्न क्याटागोरीका विजेता खेलाडीहरूलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सचिव सन्तोष न्यौपाने र यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लुका सीईओ दीपक अग्रवाल लगायतका पदाधिकारीहरूले पुरस्कृत गरेका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लबले यो प्रतियोगिता आयोजना गरेको हो ।

अटोमोबाइल सम्बन्धी विभिन्न कम्पनीहरुले सो इभेन्टका लागि सहकार्य गरेका थिए । यस अनुसार टु ह्विलर पार्टनर यामाहा, टायर पार्टनर रेज मोटो, सेफ्टी गियर पार्टनर कवच गियर आदि रहेका थिए भने पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको थियो ।

सबै गरी ५ राउन्डमा हुने सो प्रतियोगिताको अन्य राउन्ड आगामी दिनमा पोखरा, हेटौंडा र चितवन लगायतका स्थानमा हुने नेपाल रोड रेसिङ च्याम्पियनसिपका अध्यक्ष सर्जल वैद्यले बताए ।

सम्बन्धित समाचारहरू

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन...

आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

आसार ३ देखी ६ गतेसम्म पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना...

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...