फागुनमा हुँदैछ नेपाल राइडर्स मिट, छिट्टै रजिष्ट्रेसन खुल्दै

काठमाडौं – मोरङ जिल्लाको लेटाङ नजिक आयोजना गर्ने तयारी भइरहेको नेपाल राइडर्स मिटको रजिष्ट्रेसन छिट्टै खुल्दै छ । फ्रेन्ड्स अफ रोयल इन्फिल्ड अर्थात फोरे नेपालले आयोजना गर्ने सो राइडर्स मिटको तयारी भइरहेको आयोजकको भनाइ छ ।

आगामी मार्च ८ देखि १० अर्थात फागुन २५ देखि २७ गते सम्म सो मिट हुँदैछ । यस पटक राइडर्स मिटको छैटौं संस्करण हो । सो कार्यक्रमलाई रोयल इन्फिल्ड मोटरसाइकल र कवच गियरले प्रायोजन गरेका छन् ।

मोटरसाइकल संस्कृति र लाइफस्टाइलमार्फत स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरु यस प्रकारको इभेन्ट आयोजना गर्छन् । फोरे नेपाल अन्तर्गत रहेका नेपालभरका विभिन्न इन्फिल्ड क्लबहरु यसको आयोजक हुने गर्छन् ।

राइडर्स मिटको अवसरमा लाइभ ब्यान्ड, स्लो र डर्ट बाइक रेस, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने छ । २ रात र ३ दिनको कार्यक्रमका लागि टेन्ट गाडेर सबै मनोरञ्जनको व्यवस्था गरिने छ । राइडरहरुलाई नयाँपनको अनुभव दिनका लागि पनि यस प्रकारको राइडर्स मिट आयोजना गरिने प्रचलन रहेको फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर डायमन्डले बताए ।

सम्बन्धित समाचारहरू

४५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउदै रोयल इन्फिल्ड

४५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउदै रोयल इन्फिल्ड

रोयल इन्फिल्डले ४५० सीसी लिक्विड कुल्ड सिंगल सिलिन्ड इन्जिनमा आधारित...

तीन भेरिएन्टमै रोयल इन्फिल्ड मेटियर ३५० अब नेपाली बजारमा : यस्तो छ मूल्य र विशेषता

तीन भेरिएन्टमै रोयल इन्फिल्ड मेटियर ३५० अब नेपाली बजारमा : यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्ड मेटियर ३५० मोटरसाइकलको बिक्री...

लन्च भयो रोयल इन्फिल्ड क्लासिक ३५० को अपडेटेड मोडल

लन्च भयो रोयल इन्फिल्ड क्लासिक ३५० को अपडेटेड मोडल

भारतमा २०२१ मोडलको रोयल इन्फिल्ड मोटरसाइकल क्लासिक ३५० लन्च भएको छ । यसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...