सकियो नेपाल रेसर कप, राजकुमार र सन्दीप बने विजेता

काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिता आज सम्पन्न भएको हो ।

आज सम्पन्न फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भिम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे ।

विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने, सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।

भिडोल लुब्रिकेन्टको मुख्य प्रायोजन रहेको सो प्रतियोगिता अन्तर्गत दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । लकडाउन पश्चात पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो ।

गत बिहीबार देखि प्रतियोगिता प्रारम्भ भई आज यसको फाइनल प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाल रेसर कपलाई बेनेली मोटरसाइकलका साथै भिडोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फलगायतका लुब्रिकेन्ट एवं इक्विपमेन्ट आयातकर्ता हिट्को प्रालिले प्रायोजन गरेका छन् ।

हिमालयन मोटरल्यान्डको मुख्य प्रायोजकको रुपमा गल्फ लुब्रिकेन्ट रहेको छ ।

सम्बन्धित समाचारहरू

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका...

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा आइतबार सडक सुरक्षा समवन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।...

नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न

नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न

काठमाडौं – नेपालमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्सको क्षेत्रमा विगत एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...