एक वर्षमा भित्रिए ५ अर्ब ३२ करोडका १ हजार ८ सय बढी विद्युतीय गाडी
काठमाडौं – नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन...
काठमाडौं–चिनियाँ ईभी ब्रान्ड एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी–०१ को अल ह्वील ड्राइभ मोडल तयार पारेको छ । एलईभी–एक्स नाममा नेपाली बजारमा आउने तयारीमा रहेको यस ईभीलाई आगामी नाईमा नेपाल मोविलिटी एक्सपोमा लन्च गरिने एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले बताएको छ
नयाँ अल ह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी–०१ कै बडी डिजाइनमा आउने छ । बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार एलईभी–एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ । साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी–०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ ।
एलईभी–एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दियो । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो । सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ ।
नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सको साथ अर्को नयाँ प्रिमियम ईभी एलईभी ०५ समेत लन्च गर्ने योजना बनाएको छ ।
काठमाडौं – नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन...
ओकिनावा स्कुटरको खरिदमा माछापुच्छे« बैंकले फाइनान्स सुबिधा दिने भएको छ ।...
विश्व प्रसिद्ध चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडी २०२५ फर्च्युन ग्लोबल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...