फर्च्युन ग्लोबलको सूचीमा पहिलो पटक टप १०० सूचीमा बीवाईडी, उक्लियो ९१ नम्बरमा

विश्व प्रसिद्ध चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडी २०२५ फर्च्युन ग्लोबल ५०० लिस्ट अन्तर्गत ९१ नम्बरमा उक्लिएको छ । बीवाईडीले पहिलो पटक टप १०० भित्रैको सूचीमा परेर यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

गत वर्ष बीवाईडी यो सूचीको १४३ नम्बरमा थियो भने त्यो भन्दा पहिलेको वर्ष २१२ नम्बरमा थियो । बीवाईडी लगातार यो सूचीमा महत्वपूर्ण उपलब्धि सहित अगाडि बढिरहेको छ । यस प्रकार यो सूचीमा बीवाईडी लगातार चौथो वर्ष रहन सफल भएको छ । त्यसैगरी अटोमोटिभ कम्पनी मध्ये बीवाईडीले तीव्र गतिमा वृद्धि भइरहेको कम्पनीको पहिचान समेत कायम गरेको छ ।

सन् २०२४ मा बीवाईडीले ४२ लाख ७० हजार न्यु इनर्जी भेइकल अर्थात एनईभी बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको यिो । हाल विश्वका ११२ देशमा बीवाईडीका सवारी साधन बिक्री हुने गरेका छन् ।

ईभी बाहेक ब्लेड ब्याट्रीका लागि समेत बीवाईडी लोकप्रिय छ । सो ब्याट्री टेस्ला, बीएमडब्ल्यु, मर्सिडिज र आउडी जस्ता ग्लोबल अटो मेकरलाई समेत बीवाईडीले उपलब्ध गराइरहेको छ ।

नेपालमा समेत बीवाईडीका सवारी साधन उपलब्ध छन् । साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

कुन कम्पनीको अवस्था के ?
बीवाईडीले यो सूचीमा पहिलो पटक टेस्लालाई पनि पछि पारेको छ । टेस्ला १०६ नम्बरमा रहेको छ ।

त्यसैगरी यो सूचीमा अन्य अटोमोबाइल कम्पनीहरु पनि रहेका छन् । सूचीमा फक्सवागन ग्रुप १५, टोयोटा मोटर १९, स्टेलान्टिस ३१ र जनरल मोटर्स ५० नम्बरमा रहेका छन् ।

सम्बन्धित समाचारहरू

दर्ता नगरी चलाइएका विद्युतीय स्कुटरलाई अब कारवाही गरिने

दर्ता नगरी चलाइएका विद्युतीय स्कुटरलाई अब कारवाही गरिने

काठमाडौं – अब दर्ता नगरी बाटोमा गुडाइएका विद्युतीय सवारीसाधनहरुलाई...

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...

यस्तो छ एमएडब्लु वृद्धिले नाडा अटो शोमा सार्वजनिक गरेको सस्तो कार चांगन लुमिन

यस्तो छ एमएडब्लु वृद्धिले नाडा अटो शोमा सार्वजनिक गरेको सस्तो कार चांगन लुमिन

काठमाडौं – नेपालका लागि फ्युचारिस्टिक इलेक्ट्रिक ब्रान्ड दिपल र चांगनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...