एक वर्षमा भित्रिए ५ अर्ब ३२ करोडका १ हजार ८ सय बढी विद्युतीय गाडी

काठमाडौं - नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन मात्रामा आयात हुने गरेको विद्युतीय गाडी पछिल्लो समय उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कअनुसार एक वर्षमा मात्रै ५ अर्ब बढीको विद्युतीय सवारी आयात भएको हो ।

विभागका अनुसार गत आवमा विश्वका विभिन्न देशहरुबाट ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको हो ।

गत वर्षको साउन महिनादेखि यस वर्षको असार मसान्तसम्ममा विभिन्न तौल क्षमताका १ हजार ८०७ वटा विद्युतीय कार,जीप र भ्यान नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा चीन, भारत, अमेरिका, जापान, कोरिया, फ्रान्सबाट विद्युतीय सवारीहरु आयात हुने गरेको छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ४३ करोड ९२ लाख ३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

विद्युतीय गाडी आयात अघिल्लो आवको तुलनामा भने ७०८.७८ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने ६५ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबरको २४९ वटा विद्युतीय गाडी आयात भएको थियो ।

विभागका अनुसार गत आवको असार मसान्तसम्ममा सबैभन्दा बढी चीनबाट आयात भएको छ । उक्त देशबाट गत वर्ष २ अर्ब ४५ करोड १ लाख ३० हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । जसमध्ये १०० किलोवट क्षमताका १६७ वटा र १५० देखि २०० क्षमताका ६५६ गरि कुल ८२३ वटा विद्युतीय गाडी रहेको छ ।

यस्तै, गत वर्ष भारतबाट भने १ अर्ब ७३ करोड ३५ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ । उक्त देशबाट गत वर्ष १०० किलोवाट क्षमताका ६९६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।

त्यसैगरि गत आवमा अमेरिकाबाट भने १ अर्ब १४ करोड ५६ लाख ६६ हजार रुपैयाँ बराबरको २५ वटा विद्युतीय गाडी आयात भएको हो । अमेरिकाबाट १०० देखि १५० किलोवाट क्षमताका १३, १०० देखि २०० किलोवाटका ६, २०० देखि ३०० किलोवाटका ४ र ३०० किलोवाट भन्दा माथिका २ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

उक्त अवधिमा कोरियाबाट भने १०० किलोवाट क्षमताको १३२ र १०० देखि २०० किलोवाट क्षमताको ५२ गरि कुल ७० करोड ६८ लाख ३१ हजार रुपैयाँ बराबरको १८४ वटा विद्युतीय सवारी आयात भएको हो ।

गत आवमा जापानबाट १०० देखि २०० किलोवाट क्षमताका ७८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । उक्त अवधिमा जापानबाट ३१ करोड २० लाख ३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो ।

गत वर्ष फ्रान्सबाट भने ३४ लाख ६२ हजार रुपैयाँ बराबरको एक थान मात्र विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि

जिली ईएक्स५ मा अव एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पनि

काठमाडौं–नेपालमा बिक्री हुँदै आएको जिली ईएक्स५ मा अव एप्पल कारप्ले र...

जिलीले एक वर्षमा बिक्री ग-याे ३० लाख बढी कार, निर्यात कति ?

जिलीले एक वर्षमा बिक्री ग-याे ३० लाख बढी कार, निर्यात कति ?

काठमाडौं– चिनियाँ अटो निर्माता जिलीले वर्ष २०२५ मा ३० बढी कार बिक्री गरेको...

आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स

आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स

जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...