चर्चित व्यवसायी सौरभ ज्योतिले खोले नेपालकै पहिलो मोटरसाइकल म्युजियम

काठमाडौं – नेपालकै पहिलो मोटरसाइकल म्युजियम एसजे मोटोको औपचारिक शुभारम्भ भएको छ । एक कार्यक्रमका बीच चर्चित व्यवसायी सौरभ ज्योतिले सो मोटरसाइकल म्युजियम शुभारम्भ भएको घोषणा गरे ।

एसजे मोटोमा पुराना जमानाका मोटरसाइकल देखि हाल सम्मका अति महंगा मोटरसाइकल सम्म राखिएका छन् । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष समेत भइसकेका ज्योति मोटरसाइकलका समेत निकै शौखिन मानिन्छन् । होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका उनी अध्यक्ष हुन् ।

उनले पछिल्लो समयमा नेपाली बजारमा भित्रिएका होन्डा, एमभी अगस्टा र अन्य ब्रान्डका महंगा मोटरसाइकल समेत खरिद गरेका समाचार आइरहन्थे । यी सबै मोटरसाइकल एसजे मोटोमा हेर्न सकिन्छ ।

आफू मोटरसाइकलको निकै शौखिन भएको र धेरैले आफूलाई घरैमा लगेर मोटरसाइकल देखाउन अनुरोध गर्ने गरेको बताउँदै ज्योतिले अब भने जसले पनि मोटरसाइकल हेर्न सक्ने बताए ।

साथीभाई, परिवार र शुभचिन्तकको मायाले म्युजियम सञ्चालनमा ल्याउन सकेको बताउँदै उनले मोटरसाइकल विदेशमा बनेको भए पनि यससँगै नेपाली उत्पादन कफिलाई समेत जोडेको र म्युजियमसँगै कफिको स्वाद लिन सक्ने व्यवस्था गरिएको बताए ।

आगामी दिनमा अन्य बाइक समेत म्युजियममा राखिने र कसैले आफ्ना पुराना मोटरसाइकल म्युजियमलाई उपलब्ध गराउन मन भए नामसहित राखिने समेत उनले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...