५ दिनपछि लन्च हुँदै नयाँ एट्टो१ : साइज, पावरट्रेन र फिचरमा ब्यापक परिवर्तन
बीवाईडीको दोस्रो पुस्ताको लोकप्रिय विद्युतीय कार एट्टो१(चिनियाँ बजारमा...
काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय सवारीहरूमा कर नबढाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।
सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने १०० बुँदे सुझाव पत्र बुझाएको छ । उक्त सुझावमा विद्युतीय सवारी साधनमा कर वृद्धि गर्दा आम नागरिकलाई असर पर्ने र विद्युतीय माइक्रोबस, मिनिबस, ठुलाबस लगायतले वातावरण संरक्षणमा ठूलो योगदान दिनुका साथै स्वरोजगार प्रवद्र्धनलाई प्रोत्साहन गर्ने हुँदा सरकारले यो क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख छ ।
‘नेपालकै विद्युत खपत हुने मर्मत सम्भारमा पनि ठूलो खर्च नलाग्ने, पेट्रोलियम पदार्थको आयात पनि न्यूनीकरण हुने हुँदा आर्थिक गतिविधि विस्तारका लागि पनि विद्युतीय सवारीको ठूलो भूमिका रहेको देखिन्छ,’ सुझावपत्रमा लेखिएको छ, ‘सार्वजनिक विद्युतीय माइक्रोबस, मिनिबस, ठुलाबस, ढुवानीका ठुला साधनहरू, कृषिजन्य तथा हेवी इक्युपमेन्टमा तत्कालका लागि युरो ६ मा नजान उपयुक्त हुने देखिन्छ ।’
धेरै संख्याको स्वरोजगारसंग प्रत्यक्ष जोडिएको विषय भएकाले युरो ६ मा लैजाँदा सवारी साधनहरुको मूल्यमा ३० प्रतिशतसम्म वृद्धि हुन जाने भएका कारण समग्र यातायात क्षेत्रको लागत बढ्न गई आम जनता तथा स्वरोजगार नागरिकलाई प्रत्यक्ष असर पर्ने चेम्बरको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...