६ महिनामै १ लाख यूनिट बिक्री भयो नयाँ क्रेटा, नेपालमा उपलब्ध हुँदै

काठमाडौं – हुन्डाईको सर्बाधिक सफल एसयूभी क्रेटाको फेसलिफ्ट भर्सन लन्च भएको ६ महिना अबधीमै १ लाख यूनिट बिक्री भएको छ । गत जनवरीदेखी भारतमा बिक्री सुरु भएको नयाँ क्रेटाले ६ महिनाको अवधीमै १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको हो ।

सन् २०१५ देखी बिक्री सुरु भएको क्रेटाले विगत लामो समयसम्म भारतमा सर्बाधिक बिक्री हुने एसयूभीमा आफ्नो स्थान सुरक्षित गर्दै आएको थियो । यो एसयूभी भारतमा हुन्डाईको सर्बाधिक बिक्री हुने मोडल समेत हो । क्रेटा भारतमा हालसम्म १० लाखभन्दा बढी यूनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । भारतमा जस्तै नेपाली बजारमा पनि सर्बाधिक रुचाइँदै आएको क्रेटा हालका दिनमा भने ईभी क्रेजका कारण कम चर्चामा छ ।

भारतमा लोकप्रिय वन्दै गएको नयाँ क्रेटा नेपाली बजारमा समेत आउने तयारीमा छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटालाई छिट्टै उपलब्ध गराउने भन्दै यसको मूल्य समेत सार्बजनिक गरिसकेको छ । कम्पनीले भन्सार प्रयोजनका लागि यसको मूल्य सूची सार्वजनिक गरेको हो ।

क्रेटा फेसलिफ्ट विभिन्न ७ भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य ५५ लाख ९६ हजार देखि ८५ लाख ९६ हजार रुपैयाँ सम्म हुनेछ ।

नयाँ क्रेटा १.५ ईको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ छ । हाल नेपाली बजारमा उपलब्ध यही मोडलको मूल्य ५४ लाख ५६ हजार रुपैयाँ छ । यस अनुसार बेस मोडलको मूल्यमा १ लाख ४० हजार रुपैयाँ फरक हुनेछ ।

नयाँ क्रेटाको अगाडिको ग्रिल अपडेट गरिएको छ, साथै डीआरएल र स्किड प्लेट पनि समावेश गरेको छ । सो एसयूभीको अलोय ह्विल, पछाडि स्ट्रेच्ड एलईडी लाइट र टेल लाइट पनि अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि र पछाडि टर्न इन्डिकेटर पनि जडान गरिएको छ ।

सेफ्टीका लागि सो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल समावेश छ । इन्टेरियरमा इन्फोटेनमेन्ट सिस्टमका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्विन १०.२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

काममाडौं -सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी...

कति परिवर्तन होला हुन्डाई भेन्यु ?

कति परिवर्तन होला हुन्डाई भेन्यु ?

भारतमा नयाँ पुस्ताको भेन्युको परीक्षण सुरु भएको छ । नयाँ पुस्ताको हुन्डाई...

हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर, नयाँ हुन्डाई क्रेटा ईभी घर लैजाने अवसर

हुन्डाईले ल्यायो विशेष एक्सचेन्ज अफर, नयाँ हुन्डाई क्रेटा ईभी घर लैजाने अवसर

काठमाडौं – हुन्डाई नेपालले “अपग्रेड टु द पर्फेक्ट ईभी” नामक नयाँ अभियान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...