६ महिनामा २० हजार बढी एमजी विन्ड्सर बिक्री, नेपाल आउने प्रतिक्षामा ईभी पारखी

काठमाडौं–एमजीले भारतमा उत्पादन गरेको विद्युतिय कार विन्ड्सर ६ महिना अबधीमा २० हजार बढी युनिट बिक्री भएको छ । जेएसडब्लु एमजी मोटर इण्डियाका अनुसार भारतिय बजारमा विन्ड्सर ईभीको माग बढ्दो क्रममै छ ।

सेप्टेम्बर २०२४ मा लन्च गरिएको विन्ड्सर जेएस ईभी र कोमेटर ईभी पछि एमजीको तेस्रो ईभी मोडेल हो । ब्याट्री–एज–ए–सर्भिस विकल्पका साथ आएको यस कारको मूल्य ९ लाख ९९ हजार भारुदेखी सुरु हुन्छ ।

विन्ड्सर अक्टोबर २०२४ देखि जनवरी २०२५ को ४ महिनासम्म लगातार भारतमा सबैभन्दा धेरै बिक्री हुने ईभी पनि थियो । यस ईभी भारतमा औषत मासिक ३ हजार ५०० युनिट हाराहारी बिक्री भैरहेको छ । जुन टाटा मोटर्सले एक महिनामा बिक्री गर्ने कुल ईभीको हाराहारीमा पुगिसकेको छ ।

विन्ड्सर ईभी एक्साइट, एक्सक्लुसिभ र इसेन्स गरी कुल तीन भेरियन्टमा उपलब्ध छ । ३८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको यसले ३३२ किलोमिटर रेन्ज प्रदान गर्छ । यसले १३४ बिएचपी र २०० एनएमको आउटपुट भएको विद्युतीय मोटरलाई पावर दिन्छ । डिसी फास्ट चार्जरको साहयतामा यसलाई ४० मिनेटभित्रै चार्ज गर्न सकिन्छ ।

एमजी विन्ड्सर नेपाली बजारका लागि समेत प्रतिक्षा गरिँदै आएको ईभी हो । भारतिय बजारमा लन्च भएलगत्तै नेपाली ईभी पारखीले समेत चासोका साथ हेरिरहेको यस ईभी अवको केहि समयपछि उपलब्ध हुने आधिकारिक वितरक पारमाउन्ट मोटर्सले जनाएको छ । विन्ड्सर समेत आएपछि नेपालमा एमजीको प्रोडक्ट लाइनअप थप मजबुत हुनेछ । पारामाउन्ट मोटर्सले हाल प्रिमियम मोडल साइवरस्टर सहित हालै लन्च भएको एमजी एस५ र कोमेट ईभी बिक्री गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...