रिकन्डिसन व्यवसायी संघको १० औं अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः श्याममणि आचार्य

काठमाडौं–सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोबार गर्ने व्यवसायीहरुको संगठन नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको २१ औं साधरणसभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्षमा श्याममणि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । आचार्य अध्यक्षमा पुनः चयन भएका हुन् ।

अधिवेशन शनिबार काठमाडौंको सुकेधारास्थित सूर्य इभेन्टमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख राजन पोखरेलले रिकन्डिसन व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । उनले कानुनी मापदण्डको पालना र सेवाग्राहीको विश्वास कायम गर्न व्यवसायीहरू सचेत हुनुपर्नेमा जोड दिए ।

विशेष अतिथिका रूपमा सहभागी बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले स्थानीय तह व्यवसायीहरूको समस्या समाधानमा सहयोगी रहने प्रतिबद्धता जनाएका थिए ।

अधिवेशनले आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह–कोषाध्यक्षमा महेश जोशी चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा रामहरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्णहरि गौतम, प्रदीप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया रहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...