बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
एक पटकको फुल चार्जबाट १३० किलोमिटर चल्ने निम–जी इलेक्ट्रिक अटो आज नेपाली बजारमा सार्बजनिक गरिएको छ । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटोराड कम्पनीले केरेला अटोमोबाइल्स लिमिटेड भारतद्धारा उत्पादिन उक्त अटोलाई एक समारोहका बिच सार्बजनिक गरेको हो ।
भारतको केरला राज्यको स्वमित्वमा संचालित कम्पनीद्धारा उत्पादित निम–जी डिजेल/पेट्रोलबाट चल्ने यस अघिका अटोको उचित बिकल्प बन्ने कम्पनीले बिश्वास लिएको छ । यसको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहने दावी गरिएको छ । त्यस्तै, ब्याट्रिमा ३ बर्ष अर्थात १५ सय लाईफ साइकलको वारेन्टि र ३ घन्टा ५५ मिनेटमा सजिलै सामन्य प्लगबाट चार्ज गर्न सकिने सुबिधा रहेका कम्पनीका अध्यक्ष धुब्र थापाले बताए ।
कार्यक्रममा केरेला अटोमोबाइल्स कम्पनीका प्रतिनिधी फिरोज खानले सो कम्पनी र यसका उत्पादनका बारेमा जानाकारी गराएका थिए । उनले निकट भबिष्यमा उक्त इलेक्ट्रिक अटोको ब्याट्रिमा ८ बर्षसम्मको वारेन्टि दिने गरी काम गरिरहेको जानकारी गराए ।
हिमालय मोटोराडका निर्देशक सौरब थापाले उक्त सवारी साधन ३० डिग्रीसम्मको उकालोमा सजिलै चढ्न सक्ने हुँदा नेपालको बाटो सुहाउँदो रहेको बताए । यो इलेक्ट्रिक अटो ५० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्ने समेत उनले जानकारी गराए । आकर्षक बनावटको यो अटोमा डिजिटल डिस्प्ले मिटर समेत जडान गरिएको छ । यसको मुल्य नेपाली बजारमा ८ लाख ४९ हजार रुपैया पर्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...