अब सवारी चालकको हरेक गल्ती रेकर्डमा रहने, लागु हुँदैछ ‘जोखिममा आधारित चालक व्यवस्थापन प्रणाली’

काठमाडौं – राष्ट्रिय यातायात नीति, २०८३ ले चालकको व्यवहार, ट्राफिक उल्लंघन र सुरक्षित ड्राइभिङ अभिलेखलाई एकीकृत गरी ‘जोखिममा आधारित चालक व्यवस्थापन प्रणाली’ लागु गर्ने प्रतिबद्धता जनाएको छ। यसले नेपालको सवारी चालक व्यवस्थापनलाई परम्परागत प्रणाली भन्दा फरक बनाउने छ र एकपटक लाइसेन्स लिए पछि सधैका लागि उपयुक्त भन्ने भाष्यलाई परिवर्तन गर्नेछ ।

राष्ट्रिय यातायात नीति, २०८३ ले “नागरिकका लागि सुरक्षित प्रणाली दृष्टिकोण अर्थात सेफ सिस्टम एप्रोचलाई आफ्नो पहिलो नीति (नीति नं. २.५.१) का रूपमा राखेको छ। यस दृष्टिकोणअनुसार दुर्घटना केवल चालकको मात्र गल्ती नभई सडक संरचना, सवारी साधन, चालकको व्यवहार र आपतकालीन प्रतिक्रिया प्रणाली लगायत सबैको संयुक्त नतिजा हो भन्ने मान्यता राखिन्छ। यसैअन्तर्गत रणनीति २.६.२ ले ‘चालक, यात्रु तथा समुदायको सुरक्षा व्यवहार’ अर्थात रोड युजर विहेवियर सुधार गर्न शिक्षा, तालिम र जनचेतनालाई प्रणालीगत रूपमा सुदृढ गर्ने उद्देश्य राखेको छ, जसकै एउटा प्रमुख कार्यनीतिका रूपमा जोखिममा आधारित चालक व्यवस्थापन प्रणाली अगाडि बढाइएको हो।

नीतिको कार्यनीति २.७.१३ मा उल्लेख भएअनुसार, स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणालीमार्फत चालकको ट्राफिक उल्लंघन तथा सुरक्षित ड्राइभिङ अभिलेखलाई एकीकृत गरी जोखिममा आधारित चालक व्यवस्थापन प्रणाली लागु गरिनेछ। सरल शब्दमा भन्नुपर्दा, यसले प्रत्येक चालकको गति नियन्त्रण उल्लंघन, हेल्मेट÷सिट–बेल्ट प्रयोग नगर्ने बानी, मादक पदार्थ सेवन गरी सवारी चलाएको रेकर्ड, दुर्घटनामा संलग्नता आदि ड्राइभिङ इतिहासलाई डिजिटल रूपमा ट्र्याक गरी सोही आधारमा चालकलाई जोखिमयुक्त वा सुरक्षित वर्गमा वर्गीकरण गर्ने परिकल्पना गरेको छ।

चालक व्यवस्थापनलाई मात्र होइन, सम्पूर्ण रोड युजर विहेवियर सुधार्ने उद्देश्यले नीतिले थुप्रै अन्तरसम्बन्धित व्यवस्था राखेको छ । यस अनुसार पाठ्यक्रममै सडक सुरक्षा शिक्षा, दक्षता र व्यवहारमा आधारित लाइसेन्सिङ, व्यावसायिक चालकका लागि निरन्तर तालिम, लक्षित जनचेतना अभियान, समुदायमा आधारित पहल, जनशक्ति क्षमता अभिवृद्धि लगायत पर्नेछन् ।

यसका लागि आवश्यक संस्थागत जिम्मेवारी समेत निर्धारण गरिएको छ । यसका लागि विशेष गरी यातायात व्यवस्था विभाग र प्रदेश सरकार तथा राष्ट्रिय सडक सुरक्षा परिषद लगायत क्रियाशील रहने छन् । नीतिको कार्यान्वयन कार्ययोजनाले सवारी चालक तालिम, परीक्षा र अनुमतिपत्र प्रणाली डिजिटल र गुणस्तरमा आधारित बनाउने काम १ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ, जसको अपेक्षित उपलब्धि ‘सक्षम चालक, दुर्घटना न्यूनीकरण’ रहेको छ।

यसका लागि आवश्यक डाटा र अन्य कार्य सञ्चालन व्यवस्थान चुनौतीपूर्ण भने छ । यद्यपि जोखिममा आधारित चालक व्यवस्थापन प्रणालीले नेपालको सडक सुरक्षा नीतिलाई ‘दण्ड पछि मात्र कारबाही’ भन्ने परम्परागत शैलीबाट ‘निरन्तर अनुगमन र पूर्वसतर्कता’ तर्फ लैजाने आधार तयार पारेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...