भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?
टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...
काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप तयार गरेको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा नाष्टले यो इलेक्ट्रिक स्कुटर तयार पारेको बताइएको छ ।
लुम्बिनी प्रदेश सरकार र नास्ट मिलेर यस सम्बन्धी सम्भाव्यता अध्ययन गर्नुका साथै इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप तयार गर्ने सम्झौता भए अनुसार हाल सो स्कुटर तयार भएको हो ।
लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अघि बढेको यो परियोजना अन्तर्गत स्कुटर निर्माण तथा अध्ययनको काम सम्पन्न भएको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताएका छन् । नास्टका टेक्निकल लिड प्रल्हाद गुप्ताको नेतृत्वमा अघि बढेको यो परियोजनाको सम्पूर्ण काम सम्पन्न भएको छ ।
स्कुटर निर्माणको काम सम्पन्न भएसँगै आइतबार नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ सहितको टोलीले उक्त स्कुटरको टेस्ट राइड गरेको छ ।
यस सम्बन्धी प्रतिवेदन आगामी केही दिनमा सार्वजनिक गरिने बताइएको छ । नास्टले बजारमा तीन लाखभित्रै इलेक्ट्रिक स्कुटर ल्याउन सकिने उल्लेख गरेको समेत बताइएको छ ।
टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...
काठमाडौं – नेपालको प्रमुख व्यावसायिक घराना मानिने चौधरी ग्रुप इलेक्ट्रिक...
भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...