अर्को इलेक्ट्रिक सम्भावना : नास्टले तयार गरेको इलेक्ट्रिक स्कुटर उपकुलपति श्रेष्ठद्वारा टेस्ट राइड

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप तयार गरेको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा नाष्टले यो इलेक्ट्रिक स्कुटर तयार पारेको बताइएको छ ।

लुम्बिनी प्रदेश सरकार र नास्ट मिलेर यस सम्बन्धी सम्भाव्यता अध्ययन गर्नुका साथै इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप तयार गर्ने सम्झौता भए अनुसार हाल सो स्कुटर तयार भएको हो ।

लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अघि बढेको यो परियोजना अन्तर्गत स्कुटर निर्माण तथा अध्ययनको काम सम्पन्न भएको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताएका छन् । नास्टका टेक्निकल लिड प्रल्हाद गुप्ताको नेतृत्वमा अघि बढेको यो परियोजनाको सम्पूर्ण काम सम्पन्न भएको छ ।

स्कुटर निर्माणको काम सम्पन्न भएसँगै आइतबार नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ सहितको टोलीले उक्त स्कुटरको टेस्ट राइड गरेको छ ।

यस सम्बन्धी प्रतिवेदन आगामी केही दिनमा सार्वजनिक गरिने बताइएको छ । नास्टले बजारमा तीन लाखभित्रै इलेक्ट्रिक स्कुटर ल्याउन सकिने उल्लेख गरेको समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

१०० बढि स्थानमा एमएडब्लु बृद्धिको डिसी फास्ट चार्जर, थप विस्तार हुँदै

१०० बढि स्थानमा एमएडब्लु बृद्धिको डिसी फास्ट चार्जर, थप विस्तार हुँदै

काठमाडौं– ईभी व्यापारमा निकै नै आक्रमक तवरले प्रस्तुत हुँदै आएको एमएडब्लु...

यस्तो छ स्टार्ट अप कम्पनी रिभरले लन्च गरेको इलेक्ट्रिक स्कुटर इन्डिको विशेषता

यस्तो छ स्टार्ट अप कम्पनी रिभरले लन्च गरेको इलेक्ट्रिक स्कुटर इन्डिको विशेषता

इलेक्ट्रिक स्टार्ट अप कम्पनी रिभरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर इन्डि...

सन् २०३० देखि कुल कारको ५० प्रतिशत हिस्सा इलेक्ट्रिक भेइकलको पुग्ने महिन्द्राको प्रक्षेपण

सन् २०३० देखि कुल कारको ५० प्रतिशत हिस्सा इलेक्ट्रिक भेइकलको पुग्ने महिन्द्राको प्रक्षेपण

भारतीय अटोमोबाइल ब्रान्ड महिन्द्राले सन् २०३० देखि भारतीय बजारमा बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...