नासा नेपालद्वारा हेल्मेट कानुन तथा मापदण्ड सम्बन्धी नीतिगत संवाद सम्पन्न
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय अटोमोबाइल...
नेपालमा मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ, फेडरेसन इन्टरननेसनल डी मोटोसाइक्लिजम (एफआईएम) को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
स्पेनको तटिय पर्यटकीय शहर पालमा मालोरकामा सम्पन्न महासंघको १२०औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन इन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको हो ।
सन् २०२४ का सम्पुर्ण अन्तर्राष्ट्रिय इभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ । जहाँ वुमन इन मोटरिङ इन नेपालका लागि एफआईएम वुमन अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर इन मोटरसाइक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ ।
विश्वको एकमात्र मोटरसाइकल फेडरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागिता रहेको थियो ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईलाई एफआईएम वुमन इन मोटोसाइक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् ।
नेपाली खेलकुदको केन्द्रीय संघमा पहिलो एक तिहाई महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाइकलमार्फत महिला सशक्तिकरणको अभियान चलाएको, रेसिङ, -याली र रोड सेफ्टीमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गरेको, संघका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको नासा नेपालका कार्यकारी निर्देशक भट्टराईले जनाएका छन् ।
अधिकांश खेलकुद महासंघका एजेन्डामा पश्चिमा देशहरुको नेतृत्व रहिरहेको समयमा टु ह्विल टुरिङ, वुमन इन मोटरिङ र रोड सेफ्टी जस्ता विषयमा नेपाली खेल संघ नासा नेपालको भूमिका प्रशंसनीय मानिएको छ ।
विगत १६ वर्षअघि स्थापित नासा नेपाल अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), युनियन इन्टरनेसनल मोटोरबोटिङ (यूआईएम) र इन्टरनेसनल मोटरसाइकल फेडरेसन (एफआईएम) जस्ता महासंघहरुमा आबद्ध छ ।
अवार्ड ग्रहण गर्दै कार्यकारी निर्देशक भट्टराईले सो अवार्ड सम्पुर्ण नेपाली खेलकुद, अटोमोबाइल, राइडर, ड्राइभर, अफिसियल र मार्सलहरुको तथा खासमा महिलाहरुको लागि ऐतिहासिक क्षण रहेको बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...