नेपाल अटोमोबाइल्स एसोसिएसनले शुरु ग-यो फेस्टिभ च्यालेञ्ज

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाइकल कार्निभलको अन्तिम कार्यक्रमको रुपमा फेस्टिभ च्यालेञ्ज घोषणा सहित सम्पन्न गरेकोे छ । संघ स्थापनाको १६ वर्षको संकेत स्वरुप १६ राइडर्स विचमा हिमालयन मोटरल्याण्ड धुलिखेलमा सो अभियान घोषणा गरिएको हो ।

यस अन्तर्गत फेसबुकमा फोटो कन्टेस्ट, इन्स्टाग्राम र टिकटकमा भिडियो÷रिल कन्टेस्ट रहेको छ । कार्यक्रमका सहभागीहरुले आफूले पोस्ट गरेका ती कन्टेन्टहरुलाई एक हप्ता भित्र सबैभन्दा धरै लाइक, कमेन्ट र सेयरको आधारमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

सहभागीहरुले स्लो बाइक कम्पिटिसनमा समेत सहभागीता जनाएका थिए, जहाँ बेस्ट राइडरको रुपमा अनुप श्रेष्ठ चयन भए । यस अघि टु ह्विल टुरिङ, पोलिसी डायलग तथा बेस्ट अवार्ड लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन् ।

अन्तराष्ट्रिय मोटरसाइकल फेडेरेसन एफआईएमको सन् २०२४ को लागि नेपालमा ट्रान्स–हिमालय एड्भेञ्चर मोटरसाइकल कार्निभल लगायतका कार्यक्रम सम्पन्न गरिएको हो भने एफआईएम एसियाको सहयोगमा गत महिना मात्रै रेस अफिसियल र मार्शलको तालिम काठमाण्डौँमा सम्पन्न गरिएको नासा नेपालले जनाएको छ । अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुको बिचमा बाइक रेसिङ अत्यन्तै लोकप्रिय रहेका छ भने नेपालमा रेसिङको अलावा टुरिङ र राइडिङमा समेत यसको लोकप्रियता बढ्दो छ ।

यस पटक मुख्यतः दुईवटा इभेन्ट मार्फत अव नेपालको सन्दर्भमा मोटरसाइक्लिङ टुरिङ भरपर्दो विकल्प बन्ने निष्कर्ष सहित सम्वन्धित सरकारी निकायमा सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी समेत नासा नेपालले गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडामा सम्पन्न

बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त...

सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै

सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै

सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व सम्झना दिवस (World Day of...

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

काठमाडौं – सातौ ग्लोबल रोड सेफ्टी विक (मे १५–२१) को शुरुवात आज नेपालमा समेत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...