ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली प्रारम्भ
काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...
काठमाडौं – नेपालमा सडक सुरक्षा र मोटर स्पोट्र्सको क्षेत्रमा कार्यरत नासा फाउन्डेसन र अटो पत्रकार संघ (जाम) का बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा नासा फाउन्डेसनका सल्लाहकार गोबिन्द प्रसाद भट्टराईलाई सम्मान तथा बधाई ज्ञापन समेत गरिएको छ । हालै मोटर स्पोर्ट्स सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफआइएको अधिवेशनमा नेपालबाट प्रतिनिधित्व गरी रिजन २ बाट नयाँ कार्यसमितिमा निर्वाचित भएका उनलाई जामले बधाई तथा सम्मान गरेको हो ।
त्यसैगरी सो अवसरमा नासा फाउन्डेसनको तर्फबाट जाम नेपालको नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गर्दैै आगामी दिनमा सडक सुरक्षाको क्षेत्रमा सहकार्य गर्नका लागि अनुरोध समेत गरिएको थियो ।
उक्त अवसरमा रोड सेफ्टी र मोटर स्पोर्ट्सका विविध पक्षका बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले एफआईएमा नेपालको प्रतिनिधत्वले आगामी दिनमा नेपालले यो क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न सक्ने बताए । सडक सुरक्षामा राज्य संवेदनशील बन्न नसकेको गुनासो व्यक्त गदैै उनले भने, ‘नेपालमा सडक सुरक्षाको अवस्था निकै नै कमजोर अवस्थामा रहेको छ । राज्यको प्राथमिकतामा नपरेको यो क्षेत्रलाई विश्वका अन्य राष्ट्रहरुले भने उच्च महत्व दिएका छन् । सडक सुरक्षाका मापदण्डहरु पालना नगर्दा बर्सेनी हजारौ यात्रुले अकालमा मृत्युवरण गर्नु परेको छ । तर पनि यो सवालमा राज्य कत्तिपनि संवेदनशील रहेको देखिदैन ।’ यो विषयमा राज्यका अंग र सरोकारवाला निकायहरुलाई झक्झकाउन जाम नेपालले विशेष भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

जाम नेपालका अध्यक्ष उज्वलजंग शाहले सडक सुरक्षा र मोटर स्पोर्ट्सका क्षेत्रमा नासा फाउन्डेसनसँग सहकार्य गरी सही सूचना प्रवाह गर्न आफूहरु सदैव प्रतिबद्ध रहने धारणा व्यक्त गरे । नेपालमा सडक सुरक्षा र मोटर स्पोर्ट्सको क्षेत्रमा नासा फाउन्डेसनले गरेको योगदानको प्रशंसा गर्दै उनले भने, ‘राज्यका निकायहरुबाट बेवास्ता गरिएपनि नासा एक्लैले यो क्षेत्रमा धेरै काम गरेको छ । जसको परिणाम एफआईएमा नेपालबाट प्रतिनिधित्व हुनु आफैमा गर्व गर्न लायक विषय हो ।’
सो अवसरमा नासा फाउन्डेसनकी भगवती सेढाईले सडक सुरक्षाका लागि हेल्मेटको अनिवार्यता र गुणस्तरियता वारेमा प्रस्तुतिकरण गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा सहभागी पत्रकार र अन्य व्यक्तिहरुलाई नासा फाउन्डेसनको तर्फबाट युएन स्ट्यान्डर्डको हेल्मेट वितरण गरिएको थियो । उक्त हेल्मेट सुरक्षित र आरामदायी रहेको हुँदा यसले सडक दुर्घटनाका बखत निम्तिने जोखिमलाई कम गर्ने बताइएको छ ।
काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...
एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने...
सिंगापुर ग्रान्ड प्रिक्स अर्थात छोटकरीमा सिंगापुर ग्रांपी आगामी आइतबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...