एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक
काठमाडौँ – निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न...
नारायणी नदीमा बन्ने एड्भान्स टेक्नोलोजीको सिग्नेचर ब्रिजको शिलान्यास हुने भएको छ । सोमबार एक कार्यक्रम बिच प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो पुलको शिलान्यास गर्ने छन् ।
हाल सञ्चालनमा रहेको पुलसँगै जोडिएर माथिल्लो भागमा २ लेनको सिग्नेचर ब्रिज बन्नेछ। यद्यपि पूर्व–पश्चिम राजमार्ग ४ लेन र एसियन हाइवेका रुपमा विकास गरिँदै छ। शिलान्यस हुन लागेको सिग्नेचर ब्रिज २ लेनको भए पनि फेरि नजिकै अर्को पनि सिग्नेचर ब्रिज निर्माण गर्ने तयारीमा पुल महाशाखा छ।
हाल बनेका पुलभन्दा १.२ किलोमिटर टाढा अर्को सिग्नेचर निर्माण गर्न महाशाखा आफैंले डिजाइन तयार गरेको हो। नारायणी नदीमा अर्को सिग्नेचर बनाउन आन्तरिक रुपमा डिजाइन बनाउँदै गरेको महाशाखाको भनाइ छ। नेपालका प्राविधिकहरुलाई पनि नयाँ डिजाइन एवं प्रविधि सिकाउन पनि डिजाइन नेपालमै तयार गर्न लागिएको हो।
२०८० जेठ १९ गते नेपालमै पहिलो पटक पूर्व–पश्चिम राजमार्गको नरायाणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौता भएको थियो। पुल महाशाखाले तुँदी कन्स्ट्रक्सनसँग १ अर्ब ६८ करोड ७६ लाखमा ४२० मिटर लामो पुल निर्माण सम्झौता गरेको हो। सम्झौताअनुसार एक वर्षमा डिजाइन तयार र तीन वर्ष निर्माणावधि गरी ४ वर्ष (२०८४ जेठ) मा नारायणी नदीको सिग्नेचर ब्रिज तयार हुनेछ।
काठमाडौँ – निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न...
काठमाडौं– सरल सेलरस क्रेडिट एडभाइजरी प्रालिको आयोजनामा ‘सेकेन्ड ह्यान्ड...
काठमाडौँ – वि।सं २०७६ कात्तिकमा शिलान्यास भएको नागढुंगा–नौबिसे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...