नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ४ घन्टा बन्द हुने

नारायणगढ–मुग्लिङ सडक खण्डमा पुष ५ देखि एक महिनासम्मका लागि बिहान ११ बजेदिख ३ बजेसम्म सवारीसाधान संचालनमा रोक लगाइने भएको छ ।

आयोजनाले मंगलबार एक सूचना जारी गर्दै नारायणगढ–मुग्लिङ सडक खण्डमा बन्ने ४ वटा पुलहरु निर्माणका लागि पुष ५ देखि एकमहिनासम्मको लागि दैनि ४ घण्टा सवारिसाधानको आवत जावतमा रोक लगाइने जनाइएको छ ।

यस सडक निर्माणको लागि निर्माण कम्पनीलाई १ वर्षको म्याद थप गरेपछि निर्माण कार्यले तिब्रता पाएको हो । सोही बमोजिम निर्माण कम्पनीलाई काम गर्ने वातावरण बनाउन यस्तो गर्न लागिएको आयोजनाको भनाइ छ ।

आयोजनाका अनुसार उक्त राजमार्ग बिहान ११ बजेदेखि ३ बजेसम्म बन्द हुनेछ । यस आयोजनामा पर्ने स्तरोन्नतीको कार्य भइरहेकोमा निर्माण सम्पन्न हुन बाँकी रहेका ४ वटा पुलहरु निर्माणको लागि यो राजमार्ग दैनिक ४ घन्टा बन्द गरिने भएको हो । जसमा सिमलताल पुल, कालीखोला पुल, तुईन खोला पुल र चिसेन्जी खोला पुल निर्माण गर्न लागिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...