नामी र सेरेसमा प्रि-बजेट ब्याश अफर, यस्ता छन् सुविधै सुविधा

काठमाडौं - नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको "प्रि-बजेट ब्याश" अफर ल्याएका छन्।

बुधबार देखि शुरु भएकाे साे अफर बैशाख २२ गतेसम्म चल्ने छ । ग्राहकहरुले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्।

यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपेरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउनेछ।

नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। दुवै गाडीमा छिटो डेलिभरीको सुविधा पनि उपलब्ध छ, जसअनुसार ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किङ डेमै प्राप्त गर्न सक्नेछन्।

यो अनुभवलाई अझ रमाइलो बनाउन अफर अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ। त्यस्तै, गाडी बुकिङ गर्ने हरेक ग्राहकले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने निश्चित मौका पाउनेछन्।

यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन्। गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो-म्याक्स पाउनेछन्।

ईभी उत्साही र सम्भावित ग्राहकहरूका लागि ग्रिनर भविष्यको लागि छुटाउनै नहुने डिल र रमाइला पुरस्कारहरूको लाभ लिन डिजाइन गरिएको “प्रि-बजेट ब्याश” एक विशेष अवसर भएकाे कम्पनीकाे भनाइ छ ।

सम्बन्धित समाचारहरू

एप्पल कारको सिरी भ्वाइस कमाण्डमा गरियो परिमार्जन, आइफोनसँग कनेक्ट गर्न सकिने

एप्पल कारको सिरी भ्वाइस कमाण्डमा गरियो परिमार्जन, आइफोनसँग कनेक्ट गर्न सकिने

एप्पलले अल–इलेक्ट्रिक सेल्फ ड्राइभिङ कारमा काम गरिरहेको छ, जसलाई...

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

अब ६२२ रुपैयाँमा टाटा टियागो र ८०३ रुपैयाँमै पन्च ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...

सुजुकीले सार्वजनिक ग-यो पहिलो प्रोडक्सन भर्सन ईभी ई–भिटारा, नेपालमा प्रतीक्षा

सुजुकीले सार्वजनिक ग-यो पहिलो प्रोडक्सन भर्सन ईभी ई–भिटारा, नेपालमा प्रतीक्षा

सुजुकीले इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...