नयाँ वर्ष अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी

काठमाडौं–नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स प्रालिले नयाँ वर्ष अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । अप्रिल ५ देखि सुरु भएको उक्त अफर अप्रिल १२ सम्म सन्चालन हुने जनाइएको छ ।

एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उउनीहरुलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । यससँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङका लागि केवल ५ लाख ९९ हजार देखि सुरु हुने सजिलो डाउन पेमेन्टबाट फाइदा लिन सक्नेछन् ।

यस अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै १ लाख रुपैयाँ सम्मको फाइदाहरू समावेश गरिएको छ । यसले समग्र अनुभवलाई मूल्य र गति दुवै हिसाबले प्रभावकारी बनाउने विश्वास कम्पनीले लिएको छ ।

खरिद प्रक्रियालाई थप सजिलो बनाउन ८० प्रतिशत सम्मको फाइनान्सिङ सहायता प्रदान गर्ने जनाइएको छ, जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नुपर्ने खर्च पनि कम हुनेछ ।

साथै, टेस्ट ड्राइभमा सहभागी हुने सबैलाई निःशुल्क उपहार प्रदान गरिनेछ । ग्राहक सबैले उपहारका साथ अत्याधुनिक, सुविधायुक्त इलेक्ट्रिक कारको रोमाञ्चक टेस्ट ड्राइभको आनन्द लिन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

भारतमा बीवाईडीको १० हजार बढी ग्राहक, बजार विस्तारले गति लिँदै

भारतमा बीवाईडीको १० हजार बढी ग्राहक, बजार विस्तारले गति लिँदै

बीवाईडीले भारतमा आफ्नो बजार विस्तारलाई तिब्रता दिँदै आएको छ । कम्पनीले...

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान

जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...