तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने
तनहुँ परेवाडाँडामा जिपलाइन र ‘स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको...
बुटवल – नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामीलाई सार्वजनिक गरेको छ ।
सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लु वृद्धिका बिजनेस हेड प्रशन्न पन्त तथा डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी ईभी सार्वजनिक गरे ।
सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट बताइएको नामी ईभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फर्स्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।
कार्यक्रममा डोङफेङका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट ईभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले बिक्री मात्र होइन बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले विश्वसनीय ब्रान्ड भित्र्याएकोमा बधाई र शुभकामना व्यक्त गरे । त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेस हेड प्रशन्न पन्तले गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।
सेग्मेन्ट फर्स्ट फिचरले भरिएको नामी
नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियस इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फर्स्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ ।
यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९ लाख ९९ हजार देखि ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।
यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बियन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियस अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।
एमएडब्लु वृद्धिले आज देखि बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा, सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउने छन् ।
ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने छन् ।
तनहुँ परेवाडाँडामा जिपलाइन र ‘स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको...
काठमाडौं – नेपालमा केवाईसी, किङलङ, नेटा, दायुन, रिडारा, एक्सपेङ, जीएसी,...
काठमाडौं – नेपालमै उत्पादन भएर दर्ता प्रक्रियामा रहेको इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...