सडकमा फर्किए महानगर प्रहरी, न्यूरोड र असन क्षेत्रका अवैध पार्किङ धमाधम हटाइँदै

काठमाडौँ–केही दिनदेखि सडकबाट एकाएक ओझेल परेका काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो नियमित ड्युटीमा फर्किएका छन् ।

गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै सडकमा नदेखिएका महानगर प्रहरीहरू बुधबारदेखि फेरि सक्रिय भएका हुन् ।

सडक ड्युटीमा फर्किएलगत्तै महानगर प्रहरी टोलीले जथाभावी र अव्यवस्थित रूपमा गरिएका पार्किङ हटाउने अभियानलाई तीव्र पारेको छ ।

महानगर प्रहरीको अनुपस्थितिको फाइदा उठाउँदै केही दिनयता उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरूमा चरम लापरबाही बढेको थियो । विशेष गरी न्यूरोड र असन क्षेत्रका सडक र फुटपाथमै सवारी साधनहरू जथाभावी पार्किङ गर्दा पैदलयात्रु र ट्राफिक व्यवस्थापनमा ठुलो सास्ती भइरहेको थियो ।

फुटपाथहरू हडपेर गरिएका पार्किङका कारण बजार क्षेत्र निकै भद्रगोल बनेको थियो । महानगर प्रहरी पुनः सडकमा ओर्लिएर एक्सन लिन थालेपछि न्यूरोड, असन लगायतका क्षेत्रका सडक र फुटपाथहरू पुनः खाली र व्यवस्थित देखिन थालेका छन् । महानगरले आगामी दिनमा पनि यो सक्रियतालाई निरन्तरता दिने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...