चितवनमा सेरेस र नामी ईभीको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चल्दै

चितवन–नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले २१ देखि २३ गतेसम्मका लागि भरतपुरको सीएमटी रिसोर्टमा आफ्नो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ ।

तीन दिनसम्म चल्ने यस कार्यक्रमले ग्राहकहरूलाई विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रगतिहरूबारे बुझ्ने रोमाञ्चक अवसर प्रदान गर्ने विश्वास लिइएको छ । साथै, विशेष अफरको रूपमा कार्यक्रम अवधिभर सेरेस र नामी ईभी खरिद गर्ने ग्राहकहरूले निःशुल्क ७ किलोवाट चार्जर प्राप्त गर्नेछन् ।

ग्राहकहरूलाई थप लाभ स्वरूप एमएडब्ल्यू वृद्धिले नामी र सेरेस खरिद गरी विद्युतीय गतिशीलताको अर्को पुस्तामा स्तरोन्नति गर्ने ग्राहकहरूलाई असाधारण विनिमय मूल्य र विशेष बोनसहरू पनि प्रदान गर्ने बताएको छ ।

कम्पनीका अनुसार, सहभागीहरूलाई प्रत्येक टेस्ट ड्राइभ र सवारी मूल्याङ्कनका लागि रोमाञ्चक उपहारहरू प्रदान गरिनेछ । कार्यक्रममा सुविधाजनक अन–द–स्पट फाइनान्सिङ विकल्पहरू पनि रहेका छन् जसले, ग्राहकहरूलाई सुलभ ब्याजदरमा नयाँ सेरेस वा नामी ईभीहरू किनेर घर लैजान सघाउने छ ।

सबैका लागि उपयुक्त र रमाइलो वातावरणमा सहभागीहरूले खानाका स्टलहरूबाट विभिन्न स्वादिष्ट परिकारहरूको आनन्द लिँदै नवीन, सुविधासम्पन्न विद्युतीय सवारी साधनहरूको रोमाञ्चक परीक्षण ड्राइभ पनि गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

महंगो डलर प्रभाव : हुन्डाई कोनाको बढ्यो मूल्य

महंगो डलर प्रभाव : हुन्डाई कोनाको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको इलेक्ट्रिक कार हुन्डाई...

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...

फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर

फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर

भारतमा राफ्ट मोटर्सले सबै इलेक्ट्रिक स्कुटरहरुलाई पछाडि छोडेर नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...