गुगल जेमिनी एआईसहितको संसारकै पहिलो इलेक्ट्रिक कार भल्भो ईएक्स६० सार्वजनिक
भल्भोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ईएक्स६० गुगल जेमिनी एआई सहित...
चितवन–नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले २१ देखि २३ गतेसम्मका लागि भरतपुरको सीएमटी रिसोर्टमा आफ्नो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ ।
तीन दिनसम्म चल्ने यस कार्यक्रमले ग्राहकहरूलाई विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रगतिहरूबारे बुझ्ने रोमाञ्चक अवसर प्रदान गर्ने विश्वास लिइएको छ । साथै, विशेष अफरको रूपमा कार्यक्रम अवधिभर सेरेस र नामी ईभी खरिद गर्ने ग्राहकहरूले निःशुल्क ७ किलोवाट चार्जर प्राप्त गर्नेछन् ।
ग्राहकहरूलाई थप लाभ स्वरूप एमएडब्ल्यू वृद्धिले नामी र सेरेस खरिद गरी विद्युतीय गतिशीलताको अर्को पुस्तामा स्तरोन्नति गर्ने ग्राहकहरूलाई असाधारण विनिमय मूल्य र विशेष बोनसहरू पनि प्रदान गर्ने बताएको छ ।
कम्पनीका अनुसार, सहभागीहरूलाई प्रत्येक टेस्ट ड्राइभ र सवारी मूल्याङ्कनका लागि रोमाञ्चक उपहारहरू प्रदान गरिनेछ । कार्यक्रममा सुविधाजनक अन–द–स्पट फाइनान्सिङ विकल्पहरू पनि रहेका छन् जसले, ग्राहकहरूलाई सुलभ ब्याजदरमा नयाँ सेरेस वा नामी ईभीहरू किनेर घर लैजान सघाउने छ ।
सबैका लागि उपयुक्त र रमाइलो वातावरणमा सहभागीहरूले खानाका स्टलहरूबाट विभिन्न स्वादिष्ट परिकारहरूको आनन्द लिँदै नवीन, सुविधासम्पन्न विद्युतीय सवारी साधनहरूको रोमाञ्चक परीक्षण ड्राइभ पनि गर्न सक्ने जनाइएको छ ।
भल्भोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ईएक्स६० गुगल जेमिनी एआई सहित...
काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...