नामी ईभीमा आयो ‘फाइभ स्टार अफर’, यस्ता छन् आकर्षण

काठमाडौं– डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ । अफर नेपालभरका सबै नामी शोरूमहरूमा सिमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्ने जनाइएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार, विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको परिवेशमा नामी इभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ । यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने कम्पनीको भनाई छ ।

बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ । नामी ईभीमा बेस्ट–इन–क्लास फिचर, इम्प्रेसिभ ड्राइभिङ रेन्ज र स्मार्ट मूल्यका कारण नामी धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो ।

सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको छ ।

सम्बन्धित समाचारहरू

अब शाओमीले पनि इलेक्ट्रिक कार निर्माण गर्ने, दर्ता भयो शाओमी ईभी

अब शाओमीले पनि इलेक्ट्रिक कार निर्माण गर्ने, दर्ता भयो शाओमी ईभी

स्मार्टफोन निर्माता कम्पनी शाओमीले इलेक्ट्रिक कार निर्माण गर्ने भएको छ ।...

चाइनिज बजारमा हस्कभर्ना भिट्पिलेन जस्तै फेकन टीटी २५० बाइक

चाइनिज बजारमा हस्कभर्ना भिट्पिलेन जस्तै फेकन टीटी २५० बाइक

हस्कभर्नाको क्याफे रेसर बाइक भिट्पिलेन जस्तै स्टाइलमा चाइनिज कम्पनी एफके...

पानी परेको बेला विद्युतीय कार चार्ज गर्दा कुन कुरामा ध्यान दिनुपर्छ, जान्नुहोस्

पानी परेको बेला विद्युतीय कार चार्ज गर्दा कुन कुरामा ध्यान दिनुपर्छ, जान्नुहोस्

मनसुन चलिरहेको छ । अविरल वर्षाको समयमा विद्युतीय कार प्रयोग गर्नुहुन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...