शोरुममा आइपुग्यो नामी–०१, छिट्टै बिक्री सुरु हुने

काठमाडौं– चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी ब्राण्ड नामीको नयाँ इलेक्ट्रिक कार नेपाल आएको छ । नामीको ०१ मोडल शोरुममा आईपुगेको हो ।

नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि अटो कर्पले सो नयाँ ह्याचब्याक कार नेपाल ल्याएको हो । जसको बिक्री अवको केही दिनपछि सुरु हुने बताइएको छ । कम्पनीले यसअघि नै भन्सार प्रायोजनका लागी कारको अधिकतम खुद्रा मूल्य सार्बजनिक गरिसकेको छ । जसअनुसार नामी–०१ को मूल्य ३९ लाख ९९ हजार तोकिएको छ ।

नेपाल आएको भेरिएन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर यात्रा गर्न सकिने दावी छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको सो नयाँ ईभीमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

४०० भोल्टको फास्ट चार्जर सपोर्ट गर्ने नामी–०१ लाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर रेन्ज पाउन सकिने जनाइएको छ । डुअल टोन सेटअपमा निकै आकर्षक देखिनेगरी सो कारको इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एसी भेन्ट्स र टु– स्पोक स्टेरिङ ह्विल पाउन सकिन्छ । सुरक्षाका लागि यसमा लेवल टु एडिएएस फिचर सहित ३६० डिग्री क्यामेरा र डुअल फ्रन्ट एयरब्याग लगायत उपलब्ध छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...