चेरीको ३०० डलरको इलेक्ट्रिक मोपेड, रेन्ज एक्सटेन्डर बाइक पनि ल्याउने तयारी
काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले करिब ३०० अमेरिकी डलर मूल्य पर्ने...
काठमाडौं–नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) गठनको औपचारिक घोषणा आज हुने भएको छ । गत फागुनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको यो संस्थाको औपचारिक शुभारम्भ आज हुन लागेको हो ।
अटोमोबाइल ब्राण्डका चारपाँग्रे र दुईपाँग्रे सवारीको आयातकर्ता र उत्पादकहरु आबद्ध रहने गरी नाइमाको परिकल्पना भएको हो । संस्थामा टोयोटा गाडीको आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह बैद्य अध्यक्ष छिन् ।
आजकै कार्यक्रमबाट नाइमा स्थापनाको उद्देश्य प्रस्तुत गर्ने तयारी गरिएको छ । साथै, पुरानो संस्थाका रुपमा नाडा क्रियाशिल रहँदै गर्दा नाइमा किन आवश्यक पर्यो र किना दर्ता भयो भनेर उठेका प्रश्नहरुको जवाफ समेत दिइनेछ ।
व्यवस्थित सचिवालयसहित अटोमोबाइल क्षेत्रमा काम गर्ने गरी गठन भएको नाइमाले संस्थालाई क्रियाशील बनाउन तत्कालीन र दीर्घकालीन रणनीतिक योजनाहरुसहितको रोडम्याप नै तय गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...