ग्राभेल गरिएको पाँच वर्षपछि सडक कालोपत्र सुरु
बागलुङ – बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक...
काठमाडौँ - वि।सं २०७६ कात्तिकमा शिलान्यास भएको नागढुंगा–नौबिसे सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८२.२० प्रतिशत पुगेको छ। ५ हजार ४ सय ९९ मिटरमध्ये अब ९ सय ७९ मिटर मात्रै खन्न बाँकी छ।
नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर कल्याण खड्काका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङ ९ सय २५.८० मिटर र इभ्याकुएसन १ हजार २ सय २१.७० मिटर पुरा भएको छ भने धादिङतर्फ १०७६.८० मिटर मुख्य र १०८४.१० मिटर इभ्याकुएसन टनेल खन्ने काम पुरा भएको छ।
धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ८६.२५ मिटर क्रस प्यासेज निर्माण भएको र सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको इन्जिनियर खड्काले बताए ।
खड्काका अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम ३५.९० प्रतिशत अर्थात ९६५.७० मिटर सकिएको छ।
उक्त सरुङको हालसम्म भौतिक रुपमा लगभग ५३.४२ प्रतिशत काम सम्पन्न भएको छ। जसमा आर्थिक रुपमा ५८.३२ प्रतिशत खर्च भइसकेको छ ।
अहिले आयोजनाले निर्माण व्यवसायीलाई मासिक ५ करोडदेखि ६ करोडसम्म भुक्तानी गर्ने गरिएको छ। यसरी हालसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।
यसैगरी आयोजनाको म्याद एक वर्षको लागि थप भएर आएको खड्का बताउँछन्। सन् २०२४ अप्रिल २५ सम्म म्याद थपिएको हो।
त्यस्तै आज शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुराकानी गर्दै सबै समस्या तथा अप्ठ्यारोको समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा काम रोक्न नपाउने बताएका छन् ।
यसैबीच विस्तारको चरणमा रहेको अर्को नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छूट नभएको मन्त्री ज्वालाले बताए। “सबै समस्या समाधान गर्छौं, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन। समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुनेलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौं,” उनले भने।
बागलुङ – बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक...
तनहुँ – मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल...
काठमाडौँ । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...