नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सुरु

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सुरु भएको छ । नागढुंगादेखि सिस्नेखोलासम्मको सुरुङ निर्माणको जिम्मा पाएको जापनिज कम्पनी हाज्मा एन्डोले सुरुङमार्गको दुवैतर्फबाट काम सुरु गरेको होे ।

जसका लागि दुवैतिर प्वाल पारिएको छ । मुआब्जा विवाद र कोरोना महामारीका कारण अघि बढ्न नसकेको सुरुङमार्गले अब भने गति लिने आयोजनाले जनाएको छ ।

एक वर्ष अघि ठेक्का सम्झौता भएको सुरुङमार्गको यो अवधिमा सोचेजस्तो उपलब्धि भने भएको छैन । अहिले दुवैतर्फबाट प्वाल पारेर काम सुरु गरिएको छ । मूल भागको ३० मिटर खनिसकेपछि विस्फोट गरेर सुरुङ खनिने छ । जसका लागि निर्माण कम्पनीले भारतबाट ३ सय टन विस्फोटक पदार्थ ल्याइसकेको छ । यद्यपि, सुरुङमार्ग पुरा गर्नका लागि ९ टन विस्फोटक पदार्थको आवश्यक पर्ने अनुमान निर्माण कम्पनीले गरेको छ ।

ठेक्का सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । निर्माण कम्पनीले अब काम सुरु भएकाले १३ महिनामा सुरुङको मुल मार्ग खोलिसक्ने लक्ष्य लिएको छ । मुख्य सुरुङ खनिसकेपछि अन्य लाइनिङ लगायतका काम हुने भएकाले सम्झौताभित्रै सुरुङ हस्तातरण गरिने आयोजनाले जनाएको छ ।

ठेकेदार कम्पनी हाज्मासँग साढे २२ अर्बमा ठेक्का सम्झौता भएको हो । जसका लागि जापानले साढे १६ अर्ब ऋण सहयोग गरेको छ भने बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।

हाल सुरुङमार्ग निर्माणमा २० जनाको विदेशी प्राविधिक टोली खटिएका छन् भने २ सयभन्दा बढी कामदार लगाइएको आयोजनाले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...