सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, छिटो सम्पन्न गर्न मन्त्रीको निर्देशन
सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा...
काठमाडौं – देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने नागढुंगा सुरुङमार्ग तयारीको अन्तिम अवस्थामा छ । आगामी दसैं सम्ममा गाडी चलाउन मिल्ने गरी यसको निर्माण कार्य भइरहेको छ ।
यससँगै सुरुङमार्ग प्रवेश गर्दा सवारी साधनले समेत शुल्क बुझाउनु पर्ने भएको छ । सडक विभागले नागढुंगा सुरुङमार्गमा सवारी साधन गुडे बापत् ५० देखि पाँचसय रूपैयाँसम्म शुल्क उठाउन प्रस्ताव गरेको छ।
विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ। उक्त मस्यौदा केही दिनमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पास गर्ने तयारी भइरहेकाे छ ।
सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे सवारीदेखि १२–१४ चक्केसम्मका ठूला सवारी साधनले शुल्क बुझाउनु पर्नेछ। मोटरसाइकल तथा डिजेल पेट्रोल बोकेका प्रज्वलनशील गाडी भने सुरुङ मार्गमा प्रवेश गर्न पाउने छैनन्। मोटरसाइकल प्रवेश गर्नुपर्यो भने गाडीमा राखेर ओहारोदोहारो गर्न सक्ने छन्। साना सवारीलाई प्रवेश गर्न ५० रूपैयाँ, बसलाई दुई सय रूपैयाँ र ठूलाठूला ट्रकलाई पाँच सय रूपैयाँसम्म उठाउन प्रस्ताव गरिएको छ। सुरुङमार्गबाट प्रवेश गरेर सोही मार्गबाट फर्कन चाहने सवारी साधनलाई भने फरक फरक शुल्क लाग्ने गरी गरी प्रस्ताव गरिएको छ।
नागढुंगा सुरुङ मार्ग आयोजनाका अनुसार सुरुङमार्ग निमार्णको पूरा काम करिब करिब सकिन लागेको छ। आगामी दसैंसम्ममा सुरुङमार्गबाट गाडी गुडाउने गरी विभागले तयारी अघि बढाएको छ।
२०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङ मार्ग परियोजनाको म्याद अहिलेसम्म दुई पटक थप भइसकेको छ। सुरुङमार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ। जसमा १६ अर्ब रूपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ।
सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा...
काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका ५ वटा बाइकसहित दुई जनालाई...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...