बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– नागढुंगा नौबिसे सुरुङमार्ग निर्माणको कामले गति लिने भएको छ । जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले तोकिएकै समयमा सुरुङ मार्गको काम सक्ने भन्दै बिहिबारबाट २४ संै घन्टा काम गर्ने तालिका बनाएर कामदार खटाएको हो ।
जसमा ८–८ घन्टाको दुईवटा सिफ्ट र ४/४ घन्टाको ओभरटाइम तोकिएको छ । यसरी अब दुई सिफ्टमा काम गर्दा सुरुङ मार्गको निर्माणले तिव्रता लिनेछ ।
अहिले धादिङको पोर्टलबाट सुरुङ खन्ने काम थालिएको छ । पानीको सिपेज व्यवस्थापन गर्न र अन्य प्राविधिक कारणले धादिङतिरबाट काम सुरु गरिएको आयोजनाले जनाएको छ ।
हाल एक सिफ्टमा काम गर्दा दैनिक १ मिटर सुरुङ खनिदै आएको थियो । अब रातीमा पनि काम हुने भएपछि दैनिक ३ मिटर सुरुङ खनिने छ । यसका साथै स्केप टनेललाई पनि सँगसँगै अघि बढाइएको छ । हालसम्म स्केप टनेल १८ मिटर खनिसकिएको छ ।
४४ महिनामा सक्नेगरी ठेक्का सम्झौता भएको यो सुरुङको १५ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका थिए ।
करिव २.७ किलोमिटर सुरुङमार्ग निर्माण स्थानीय विवाद, मुआब्जा, निर्माण सामग्री र कोरोना भाइरसका महामारीका कारण निर्माण सुरु हुन ढिलाई हुन पुगेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...