अटो पत्रकार संघका सचिव श्रेष्ठलाई शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कार

काठमाडौं– अटो पत्रकार संघका सचिव प्रयास श्रेष्ठ शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कारबाट पुरष्किृत भएका छन् । नेपालमा उत्पादन हुँदै आएको विद्युतीय मोटरसाइकल ‘यात्री’ बारे राटोपाटीमा समाचार लेखेका श्रेष्ठले १ लाख रुपैयाँ नगदसहितको शारदा–ढुण्डीराज नाफिज पत्रकारिता पुरस्कार पाएका हुन् ।

श्रेष्ठले रातोपाटीमा ‘नेपालमा उत्पादित सवारी साधनले दर्ता नै पाउँदैनन्,’ शीर्षकको समाचार लेखेका थिए । उक्त समाचारपछि यात्री बाइकले दर्ता पाउनुपर्ने दबाब चौतर्फी बढेपछि सरकारले दर्ता सुरु गरेको थियो ।

नाफिजबाट प्रत्येक वर्ष दिइँदै आएको यो पुरस्कारका लागि १६ जनाको आवेदन परेको थियो । यस्तै, सीबीफीन–नाफिज बैंकिङ पुरस्कारबाट रोयल आचार्य र सीबीफीन–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट सन्तोष रोकाया पुरस्कृत भएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...