नेपालमा अव अटोमोबाइल उद्योगको उदय हुने भन्दै नाडाले ग-यो सरकारले दिने छुटको स्वागत

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २०७८/०७९ को प्रतिस्थापन बजेटमा एसेम्बल उद्योगलाई छुट दिने सरकारी निर्णयको स्वागत गरेको छ । एक दशक अघि देखि नै आफना बजेट सम्बन्धी सुझावहरुमार्फत निरन्तर रुपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन नाडाले अनुरोध गर्दै आएको थियो ।

नाडाको यस्तो अनुरोधलाई सम्बोधन गर्दै अर्थ मन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन बजेट मार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरेपछि आफूहरुको माग पुरा भएको भन्दै नाडाले सरकारी निर्णयलाई स्वागत गरेको हो ।

सरकारको यो निर्णयले नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने नाडाको बुझाई छ । तर त्यस्ता सवारी साधनहरु उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने भन्दै सरकार परिवर्तन हुदैमा त्यस्ता उद्योगहरुलाई कुनै असर पर्न नहुनेतर्फ भने उसले चासो ब्यक्त गरेको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यलयमा आज प्रेस मिटको अयोजना गरी उक्त संस्थाका अध्यक्ष कृष्णप्रसाद दुलालले एसेम्बल उद्योगमा छुट दिने व्यवस्थाले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने आशा ब्यक्त गरे । साथै उनले आयातित मोटरसाइकलमा अन्तशुल्क बृद्धि गरेको बिषयमा भने आपत्ति ब्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै नाडाका उपाध्यक्ष करण चौधरीले अहिलेको बिषमा परिस्थितिमा सरकारले आयातित मोटरसाइकलमा कर वृद्धि गर्नु जायज नभएको धारणा ब्यक्त गरे ।

सम्बन्धित समाचारहरू

नाडामा ७० प्रतिशत मतदाता स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट, दुवै पक्षमा ५० प्रतिशत उम्मेदवार

नाडामा ७० प्रतिशत मतदाता स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट, दुवै पक्षमा ५० प्रतिशत उम्मेदवार

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वका लागि यही मंसिर २३ गते...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई...

यस पटकको नाडा अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने व्यवसायीहरुको भनाइ

यस पटकको नाडा अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने व्यवसायीहरुको भनाइ

काठमाडौं – भृकुटीमण्डप प्रदर्शनी स्थलमा यही भदौ ११ गतेदेखि नाडा अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...