सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाबारे यातायात व्यवस्था विभागसँग नाडाकाे छलफल

काठमाडौं - सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिकाका सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यातायात व्यवस्था विभागसँग छलफल गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा विभागमा पुगेको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी विभागले ल्याउन लागेको उक्त निर्देशिकाका सम्बन्धमा छलफल गरेको हो ।

नाडाका अनुसार विद्युतीय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ स्टेशनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने प्रस्ताव, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन जस्ता विषयमा छलफल भएको छ ।

यस्तै, डुप्लिकेट सर्टिफिकेशन, डकुमेन्टेशन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा एमआरपी अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको नाडाले जनाएको छ ।

छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनुपर्ने धारणा राखेका छन् । उनले उक्त निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने पनि जनाएका छन् ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक नरहेको तर्फ अवगत गराउँदै तिनलाई व्यवहारिक बनाउनुपर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता औल्याएका छन् ।

विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताएका छन् ।

विभागसँग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडा अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिँदै महानिर्देशक पोखरेलले यसमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराएका थिए । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एसाेसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा...

नाडामा सदस्यता नविकरण समयमै गरेको अटो पार्ट्स इन्टरनेश्नलको दाबी

नाडामा सदस्यता नविकरण समयमै गरेको अटो पार्ट्स इन्टरनेश्नलको दाबी

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं बार्षिक साधरण सभामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...