स्केल फरक भए पनि नाडा अटो शो र नाडा ईभी एक्सपोमा इनर्जी उही छ
भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२...
अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले दवावमुलक कार्यक्रमको घोषणा गरेको छ । आज प्रेस मिट कार्यक्रमको आयोजना गर्दै नाडाले सरकार र राष्ट्र वैंकलाई दवाव दिन चरणवद्ध रुपमा अन्दोलन गर्ने घोषणा गरेको हो ।
विगत ८ महिनादेखी पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप भ्यान र मोटरसाइकलको आयतमा प्रतिवन्ध लगाइएका कारण सवारीसाधनको बजार प्रभावित वनेको र यसले व्यवसाय नै धराशायी वनेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । उनका अनुसार आन्दोलनको प्रमुख एजेन्डा आयतमाथीको प्रतिवन्ध हटाउने रहेपनि कर्जा प्रवाहमा कडाई, चर्को व्याजदर र नगद मार्जिनको व्यवस्था खारेज गर्न सरोकारवाला निकायलाई दवाव दिन आन्दोलन गर्नु परेको हो ।
आन्दोलनको प्रथम चरण अन्तर्गत व्यवसायीले सोसल मिडियाको प्रोफाइल पिक्चरमा विभिन्न नारा राख्ने, गाडीमा नारा लेखिएको स्टिकर टास्ने र नारालाई व्यानर वनाएर आफ्नो सोरुममा टास्ने लगायत कार्यक्रमको सुरुवात गर्ने भएका छन् । यसैगरी मसिंर २२ गते कालो पहिरन लगाई, प्लेकार्ड वोकी विहानको ११ वजेदेखी २ वजेसम्म माइतिघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
उक्त दिन सातवटै प्रदेशमा यसप्रकारको कार्यक्रम गरिने आन्दोलनका संयोजक तथा नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । उनका अनुसार मसिंर २२ गतेसम्म पनि माग सम्वोधन नभए पुन दोस्रो चरणको आन्दोलन शुरु गरिनेछ ।
भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२...
कम्वसन इन्जिनयुक्त प्यासेन्जर कार र १५० सीसी माथिका मोटरसाइकलमा लगाइएको...
पोखरा–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...