धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण
काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी...
सराकार र राष्ट्र वैंकको नितीका कारण अटोमोवाइल व्यवसाय धराशायी वनेको भन्दै आज व्यवसायीले माइतीघरमा धर्ना कार्यक्रम गरेका छन् । अटोमोवाइल सम्वद्ध व्यवसायीहरुले सम्वन्धित निकायलाई दवाव दिन भन्दै उक्त कार्यक्रम राखेका हुन् । कार्यक्रममा व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
विगत ८ महिनायता सवारीसाधनको आयतमा प्रतिवन्ध लाग्दै आएको र राष्ट्र वैंकको नितीका कारण अटोबजार नराम्रोसंग प्रभावित वनेको भन्दै उनीहरु आन्दोलित वनेका हुन् । विरोध कार्यक्रमकै विच सरकारले पुष १ गतेबाट आयत खोल्ने निर्णय लिएपनि राष्ट्र वैंकको निती नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।
धर्ना कार्यक्रम सक्किए लगत्तै आज नाडाको कार्यसमित वैठक राखेर थप अन्दोलनका कार्यक्रम घोषणा गरिने आन्दोलनका संयोजक एवं नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए ।
‘हामीले राख्दै आएको १० वुँदे माग मध्ये सवारी साधनको आयत खुलाउने पर्ने मागलाई मात्र राज्यले संवोधन गरेको छ । यसले मात्रै हाम्रो समस्याहरु समाधन नहुने कारण दोस्रो चरणको दवावमुलक कार्यक्रम घोषणा गर्न लागिएको हो । हाम्रा मागहरु पुरा नहुन्जेलसम्म आन्दोलनको कार्यक्रम यथावत रहनेछ’ संयोजक रिजालले भने ।
यस्ता छन पुरा हुन वाँकी मागहरु
नाडाले सवारीसाधनको आयत खुल्ला गर्नुपर्ने मागलाई पहिलो नम्वरमा राखेर आन्दोलन घोषणा गरेको थियो । उसको अन्य मागहरुमा राष्ट्र वैंकद्धारा जारी चालु पूँजी कर्जा मार्गनिर्देशन २०७९ तत्कालका लागी स्थगित गर्नुपर्ने, नगद मार्जिनको व्यवस्थालाई हटाएर पहिलेकै अवस्थामा ल्याउनुपर्ने, हालको व्याज तथा प्रिमियम दरलाई तत्कालै नियन्त्रणमा राख्नका लागी आवश्यक व्यवस्था गर्नुपर्ने रहेका छन् ।
यसैगरी हायर पर्चेज कर्जामा जोखीम भारलाई १५० प्रतिशतबाट पुरानै अबस्थामा ल्याउनुपर्ने, तरलता अभवालाई सहज बनाउन सिडी रेसियोलाई पुनरावलोकन गर्नुपर्ने, अटो लोन स्विकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर वापतको भुक्तानी समयावधी सवारी साधन वैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने मागर राखेका छन् ।
अन्य मागहरुमा हायर प्रचेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गरिनुपर्ने, पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षका लागी थप गरिनुपर्ने र कोभिड तथा आयत प्रतिवन्धका कारण लामो समयदेखी थला परेको अटोमोवाइल व्यवसायको पनुरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने रहेका छन् ।
काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी...
काठमाडौं–यस वर्षको नाडा अटो शोमा थुप्रै नयाँ ब्रान्डका प्रिमियम ईभी...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आगामी २०८२ भाद्र ३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...