अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री ओली सकरात्मक

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका प्रतिनिधी मण्डलले प्रधानमन्त्री केपि शर्मा ओलीसंग भेट गरेका छन् । सोमबार नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएका उनीहरुले प्रधानमन्त्री ओलीसंग भेट गरी विभिन्न विषयमा छलफल गरेका हुन् ।

छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल क्षेत्रमा देखापरेका विभिन्न समस्याहरु बारे संक्षिप्त जानकारी गराउँदै सरकारले अवलम्वन गरेका बिभिन्न कार्यबिधीका कारण अटोमोवाइल ब्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएको बताए ।

प्रधानमन्त्री ओलीसंगको छलफमा चौधरीले अटोमोवाइल व्यवसायलाई पुनःगतिशील बनाउन बैंकबाट निजी सवारी साधनको हायर प्रचेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालू रेसियोको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत पुर्याइनुपर्ने राय ब्यक्त गरे ।

यसैगरी, चालु पुँजीकर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मितिभन्दा अगाडी कर्जा लिएका हरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछी कर्जा लिएका हरुलाई मात्रै चालुपँुजी कर्जा मार्ग दर्शन २०७९ लागु हुने गरी कार्यान्वयनमा ल्याउनुपर्ने भनाई ब्यक्त गरे ।

नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढ्दै गएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेकाले विद्युतिय सवारी साधनका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने उनको भनाई थियो । साथै उनले दुई पाँग्रे सवारी साधनको हकमा पैठारी कर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिन बाटमात्र कर लाग्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक भएकाले सवारी संचालनको क्रममा समस्या आएको बताउँदै उनले भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरिदिन आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीबारे प्रधानमन्त्रिलाई जानकारी गराएका थिए । छलफलपछि सवारी साधन, टायर, टयूव, व्याट्री तथा लुव्रिकेण्टस उद्योगहरुको बर्तमान अवस्थाका सम्बन्धमा प्रधानमन्त्रि ओलीले विशेष चासो र जिज्ञासा राख्दै समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने आश्वासन दिएको नाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नाडामा अध्यक्ष सहित कार्यसमिती नै सर्बसम्मत, स्पेयर पार्ट्सबाट आए ४ नयाँ ब्यवसायी

नाडामा अध्यक्ष सहित कार्यसमिती नै सर्बसम्मत, स्पेयर पार्ट्सबाट आए ४ नयाँ ब्यवसायी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी नेतृत्व र कार्यसमित सर्बसम्मत...

अटो शोको सफलतालाई कारोबार रकमसंग मात्रै जोडेर हेर्नु हुँदैन : सुरेन्द्रकुमार उप्रेतीको अन्तर्वार्ता

अटो शोको सफलतालाई कारोबार रकमसंग मात्रै जोडेर हेर्नु हुँदैन : सुरेन्द्रकुमार उप्रेतीको अन्तर्वार्ता

सवारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२४ भोलीदेखी काठमाडौंमा आयोजना हुँदै...

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...