राष्ट्र बैंकलाई नाडाको ७ बुँदे सुझाव, मौद्रिक नीतिमार्फत समस्या समाधान गर्न आग्रह

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंक समक्ष बिद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई प्रकाश पारी आगामी मौद्रिक नीतिको लागि सुझाब प्रस्तुत गरेको छ ।

नाडाका अनुसार अटोमोवाइल क्षेत्र नेपालको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र हो । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाखौं नेपालीलाई रोजगार प्रदान गरी राष्ट्रिय विकासमा ठुलो भूमिका निभाउदै आएको छ ।

अटोमोवाइल क्षेत्रमा आर्थिक सुस्ततासंगै अटो क्षेत्रमैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोवाइल बजारमा ६८ प्रतिशतको गिरावट देखिएको छ भने यो क्षेत्रले अहिले १४% मात्र कुल ग्राहस्थ उत्पादनमा योगदान गरेको छ । जुन एक समयमा २१ प्रतिशत सम्मको योगदान हुने गरेको थियो ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अहिले अटोमोवाइलमैत्री मौद्रिक नीतिको चरम आवश्यकता रहेको बताए । उनले भने, ‘विद्युतीय सवारी साधनमा नीतिगत स्तरमा भएको लचकता सराहनीय छ, तर अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधनमात्र नभई समस्त अटो व्यवसायलाई समेट्दछ । जसमा पेट्रोलियम गाडी, पार्ट्स, लुब्रिकेन्ट्स र टायर इत्यादी क्षेत्रहरु पनि समाबेश हुन्छ । तसर्थ यो सबै व्यवसायलाई हित हुने नीतिको आवश्यकता छ ।’

अटोमोबाइल क्षेत्रमा विद्यमान समस्य समधानका लागि आगामी नीतिले यसमा सुधार ल्याउन नसके स्थिति अझै भयावाह हुने र व्यवसायीहरु पलायन हुनु बाहेक केहि विकल्प नरहने अध्यक्ष चौधरीको भनाई छ ।

अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन नाडाले नेपाल राष्ट्र बैंक समक्ष निम्न लिखित सुझाब पेश गरेको छ :

१. पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकबाट हायर पर्चेज लोन प्रबाह गर्ने पक्रियामा ‘लोन टु भ्यालू रेसियो’ लाई ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशतमा मा पुर्याउनु पर्ने ।

२. पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारीसाधनलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने ।

३. चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु भएपछि विभिन्न चरणमा नेपाल राष्ट्र बैंकले यसलाई सच्याउदै पनि आएको छ । तर पनि यसले अझै पनि व्यवसायीलाई समस्यामा पारेको छ । यो लागु भएको मिति पछी कर्जा लिएका हरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने ।

४. कालो सुचिमा परेका व्यक्तीहरुले पनि अन्य बैकहरुबाट आफनो कारोवार गरिरहेको देखिएकाले कालो सुचिमा परेका व्यक्ती वा कम्पनी माथीको कारवाही ज्यादै फितलो हुने गरेकोे देखिएकाले नेपाल राष्ट्र बैङ्कले यस नियमलाई कडाइका साथ लागु गर्नुेपर्ने ।

५.नेपाल राष्ट्र बैंकले पेट्रोल, डिजेल र विद्युतिय शक्तिबाट चल्ने नीजिप्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छुट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने । त्यसैगरी कुनै पनि क्षेत्रमा एनपिए ५५ भएमा बैंकलाई त्यो क्षेत्रमा फाइनान्स् गर्न मिल्दैन । व्यावसायीक महत्वका माइक्रोबस र नीजि प्रयोजनका कार एउटै क्षेत्र अन्तरगत पर्ने हुदा धेरै बैंकहरुले डिजेल पेट्रोलबाट चल्ने नीजि कारलाई पनि फाइनान्स् गर्न बन्द गर्नुपर्ने ।

६. घर परिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधार कर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । अर्थात घर जग्गाखरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनु पर्ने ।

७. नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्ने ।

सम्बन्धित समाचारहरू

अध्यादेशमा नाडा खुशी, अन्य सुझावहरुलाई पनि मनन गरिदिन आग्रह

अध्यादेशमा नाडा खुशी, अन्य सुझावहरुलाई पनि मनन गरिदिन आग्रह

सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई...

नाडामा सिप्रदी ट्रेडिङ र ज्योति ग्रुपबाट मात्रै ३/३ पटक नेतृत्व, को को भए अध्यक्ष ?

नाडामा सिप्रदी ट्रेडिङ र ज्योति ग्रुपबाट मात्रै ३/३ पटक नेतृत्व, को को भए अध्यक्ष ?

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा सिप्रदी ट्रेडिङ र ज्योति ग्रुपबाट...

नाडा अध्यक्ष बन्ने भए करण चौधरी, सहमतिमै कार्यसमिति बनाउने प्रयास

नाडा अध्यक्ष बन्ने भए करण चौधरी, सहमतिमै कार्यसमिति बनाउने प्रयास

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...