शेखर गोल्छा पक्राउप्रति नाडाको ध्यानाकर्षण, भन्यो–लगानीकर्ताको आत्मविश्वास घटाउँछ

काठमाडौं–नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) ले आफ्ना पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउप्रति गम्भीर चासो र ध्यानाकर्षण भएको जनाएको छ ।

नाडाले एक विज्ञप्ति जारी गर्दै, गोल्छा नेपालको औद्योगिक एवं व्यावसायिक जगतको एक सम्मानित व्यक्तित्व भएको र उनले समग्र निजी क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरेको छ ।

यस्तो गरिमामय इतिहास बोकेको व्यक्तित्वमाथि गरिने ’अन्यायपूर्ण व्यवहार’ले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने नाडाको ठम्याइ छ ।

नाडाले राज्यको अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्ने स्पष्ट पार्दै अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वास घटाउने बताएको छ ।

‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनुपर्ने समयमा प्रतिष्ठित व्यवसायीमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

नाडाले सरकार र सम्बन्धित निकाय समक्ष शेखर गोल्छालाई पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । दोषी प्रमाणित नभएसम्म प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यावसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको दायित्व भएको नाडाको भनाइ छ ।

निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडाले सरकारसँग जोडदार माग समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो डायलग–२०८१ को पहिलो सेसनमा वक्ताहरुले व्यक्त गरे यस्तो विचार

नाडा अटो डायलग–२०८१ को पहिलो सेसनमा वक्ताहरुले व्यक्त गरे यस्तो विचार

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज अयोजना गरेको अटो डायलग...

विभिन्न मागसहितका नाराले भरिन थाले अटो व्यवसायीहरुका सामाजिक सञ्जाल

विभिन्न मागसहितका नाराले भरिन थाले अटो व्यवसायीहरुका सामाजिक सञ्जाल

काठमाडौं – अटो व्यवसायीहरुले आयात प्रतिबन्धले व्यवसाय धरापमा परेको भन्दै...

अटो बजार चलायमान बनाउन पनि नाडा अटो शो आवश्यक : अध्यक्ष थापा

अटो बजार चलायमान बनाउन पनि नाडा अटो शो आवश्यक : अध्यक्ष थापा

काठमाडौँ – तीन वर्षपछि आयोजना हुन लागेको नाडा अट‍ो शो विगतको भन्दा फरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...