सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं जिल्ला प्रशासन कार्यालयबीच छलफल
काठमाडौं – चाडपर्व नजिकिँदै गर्दा सवारीसाधन दर्तामा देखिएका समस्या...
काठमाडौं–रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह परिस्थितिमा नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले गहिरो चिन्ता व्यक्त गर्दै संयमित रहन सबैलाई आग्रह गरेको छ।
संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण केवल जनधनको क्षति नभई मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा पनि ठूलो असर परेको जनाएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको प्रारम्भिक जानकारी आएको संघले उल्लेख गरेको छ ।
नाडाले संकटका यस घडीमा आफ्नो घर, व्यवसाय र जीवन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै अटोमोबाइल व्यवसायसँग सम्बन्धित सबै सदस्यलाई संयमित र सहयोगी रहन आग्रह गरेको छ ।
संघले अटोमोबाइल क्षेत्रलाई जस्तै अन्य क्षेत्रमा पनि असर परेको र संकट समाधानका लागि एकआपसमा सहयोगको भावना जरुरी भएको जनाएको छ ।
‘यदि यस्ता विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने, जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,ु विज्ञप्तिमा भनिएको छ, ुसंकटको यस घडीमा हामी सबै मिलेर करुणा, ऐक्यबद्धता र सहयोगका साथ अगाडि बढ्न जरुरी छ ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...