एभरेष्ट उत्सवमय अफरमा बैंकले ल्यायो गाडी र मोटरसाइकल कर्जा योजना
काठमाडौं– एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा...
नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई अनुरोध गर्दे पत्राचार गरेको छ । राष्ट्र बैंकले जारी गरेको सवारीसाधन र स्पेयर पार्टस आयतमा खोलिने एलसीमा ५० देखी सत्प्रतिशत सम्मको क्यास मार्जिको प्रावधानले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको व्यवस्था लागु गर्न अनुरोध गर्दै नाडाले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।
उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंङ्क तथा वित्तिय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंङ्कबाट निर्देशन जारी गर्न पत्रमार्फत माग गरिएको छ ।
साथै उसले बैङ्क तथा वित्तिय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णय गरेको र यसले कर्जाको व्याजदर पनि बढाउने भएकोले यसमा पुर्नविचार गर्नका लागी राष्ट्र बैंङ्कसंग अनुरोध समेत गरेको छ । यसरी ब्याजदर बढ्दा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने नाडाले ठहर गरेको छ ।
उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित रहेको उक्त पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं– एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा...
आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...