नाडाले गर्यो अटो शोमा सहभागी हुन इच्छुक कम्पनीलाई दर्ताको आह्वान

यो बर्ष अटो शो फागुन ९ देखी १४ गतेसम्म काठमाडौंमा आयोजना हुने पक्कापक्कि भएको छ । अटो शो आयोजना गर्ने संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आज एक सुचना सार्बजनीक गरी शोमा सहभागी हुन इच्छुक कम्पनीलाई समय सिमा तोकेर दर्ता गर्न आह्वान गरेसंगै यो बर्ष अटो शो हुने पक्कापक्कि भएको हो । हरेक बर्ष अयोजना हुँदै आएको अटो शो कोरोना महामारीका कारण अघिल्ला २ बर्ष रोकिएको थियो ।

अटो शोमा सहभागी हुन चाहने अटोमोबाइल सम्बद्ध कम्पनीहरुलाई मंसिर २ देखी ६ गतेभित्र आफ्नो नाम दर्ता गराइसक्न नाडाले भनेको छ । कोभिडको प्रभाव कायमै रहेका कारण दर्ता गर्न आउँदा कम्पनीबाट एकजनामात्र प्रतिनिधी आउन समेत उसले अनुरोध गरेको छ । दर्ताको प्रक्रिया सकिएपछि स्टलको बांडफांड लट्रि ड्रमार्फत गरिनेछ । नाडा अटो शोमा सहभागी हुन इच्छुक कम्पनीहरुको संख्या धेरै हुने भएपनि स्थान अभावका कारण बिगतका बर्षहरुमा नाडाले सबै कम्पनीलाई समेट्न सकिरहेको थिएन । २ बर्षपछि आयोजना हुन गैरहेको यसपटकको अटो शोमा सहभागी हुन चाहने कम्पनीको संख्या झनै बढ्ने देखिएको छ ।

नेपालमा सवारीसाधनको कारोबार गर्ने कम्पनीदेखी टायर ट्युव, लुब्रिकेन्ट्स, बिभिन्न प्रकारका स्पेयर पार्टस तथा एसेसोरिज, बैंक तथा बित्तिय संस्था र अन्य अटोमोबाइल सम्बद्ध कम्पनीहरुले आ–आफ्नो बस्तु तथा सेवाका बारेमा जानकारी प्रदान गर्ने उपयुक्त प्लाटफर्मका रुपमा अटो शोलाई लिने गरेका छन् । मेलामा नयाँ मोडलका सवारीसाधन हेर्न दर्शकहरुको ठूलै भिंडभांड लाग्ने गरेको छ । ।

सवारी साधनको मूख्य सिजन मानिने फेस्टिभल सिजनको शुरुवाती समय अर्थात हरेक बर्ष भदौ महिनामा अयोजना हुँदै आएको अटो शो यसपटक भने सवारीसाधनको बेसिजन समेत मानिने फागुन महिनामा आयोजना हुन गैरहेको हो । मेलामा कोभीड नियन्त्रणसंग सम्बन्धित सम्पूर्ण प्रोटोकललाई कडाइका साथ पालना गरिने नाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आयात बन्दको समय सीमाले अटोमोबाइल व्यवसायीहरुमा सन्तुष्टि : के भन्छन् उनीहरु ?

आयात बन्दको समय सीमाले अटोमोबाइल व्यवसायीहरुमा सन्तुष्टि : के भन्छन् उनीहरु ?

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सवारी साधनका साथै अन्य विभिन्न...

२०औं अध्यक्षका लागि नाडामा मतदान जारी, यी हुन् यसअघिका अध्यक्षहरु

२०औं अध्यक्षका लागि नाडामा मतदान जारी, यी हुन् यसअघिका अध्यक्षहरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा २०औं अध्यक्षका लागि अहिले मतदान जारी...

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...