नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा स्पेयर पार्ट्स आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णयको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ ।
नाडाले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्र बैंकको हालको यो निर्णयले अटोमोवाइल लगायतका व्यवसायमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको जनाएको छ ।
यसअघि आयत प्रतिवन्ध फुकुवा भएपनि अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको अटो लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालू रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरिनु पर्ने लगायतका महत्वपूर्ण विषयहरुमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन नसक्ने भन्दै ध्यानकर्षण समेत गराएको छ ।
‘अटोमोवाइल क्षेत्रमा देखिएका यी समस्याको उचित संवोधन नहुँदा त्यसको प्रत्यक्ष प्रभाव देशको राजश्वमा परिरहने देखिएकोले उल्लेखित विषयहरुमा पनि सम्बोधन हुदै जाने अपेक्षा हामीले राखेका छौ’ विज्ञप्तीमा भनिएको छ ।
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...
काठमाडौं – प्रभु बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नका लागि...
काठमाडौं– एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...