ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार, १० वर्षे स्थिर निती चाहियो : नाडा अध्यक्ष चौधरी

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार भएपनि सरकारले स्थिर निती लन नसकेको बताएका छन् ।

ईभी मेन स्ट्रिम बन्दै गएपनि सरकारको अस्थिर नितिका कारण व्यवसायीले ढुक्क भएर लगानी गर्ने अबस्था नरहेको उनले बताए । ईभी पूर्बाधारमा लागनी गर्न व्यवसायी तयार रहेकाले कम्तिमा १० वर्षको स्थिर निती लागु गर्न चौधरीले माग गरे ।

आज नाडा अटो शोको औपचारिक उद्घाटन कार्यक्रममा उनले अटोमोबाइल व्यवसाय अर्थतन्त्रको अभिन्न अंग भएपनि अहिलेको कठिन अवस्थामा राज्यबाट सहयोग नपाएको गुनासो ब्यक्त गरे ।

‘ईभी बाहेक अहिले समग्र अटोबजार कठिन अबस्थाबाट गुज्रिरहेको छ । हामीले यो क्षेत्रलाई पुरानै लयमा फर्काउन राज्यबाट केही नितिगत सुधारको अपेक्षा गरेका थियौ । तर ति पुरा भएनन्’ उनले भने ।

अटोमोबाइल क्षेत्रमा व्यवसायीको १ खर्बभन्दा बढी रकम लगानी भैसकेकोले यसको संरक्षण गर्नु राज्यको दायित्व हुने उनको भनाई छ । ‘अटो क्षेत्रले राजश्वमा २० प्रतिशत योगदान दिएको छ । लाखौले रोजगारी पाएका छन् । तर यहि क्षेत्र समस्यामा पर्दा राज्य वेखवरजस्तै छ । हामीलाई आशा छ, राज्यले हाम्रो समस्या बुझेर सुधारका कदमहरु अघि बढाउनेछ’ चौधरीले भने ।

सम्बन्धित समाचारहरू

मौद्रिक नीतिले अटो क्षेत्र चलायमान हुने व्यवसायीहरुको भनाइ

मौद्रिक नीतिले अटो क्षेत्र चलायमान हुने व्यवसायीहरुको भनाइ

काठमाडौं – करिब डेढ वर्षदेखि चलायमान हुन नसकेको अटो क्षेत्र आइतबार नेपाल...

नाडा महासचिवमा सुरेन्द्र कुमार उप्रेती चयन

नाडा महासचिवमा सुरेन्द्र कुमार उप्रेती चयन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा सुरेन्द्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...