भन्सारमा थुप्रिए गाडी, छुटाउन सहजीकरणका लागि नाडाको आग्रह
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको...
पोखरा - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ध्रुव थापाको टिमले अन्य स्थानका साथै पोखराका अटोमोबाइल व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
थापालगायतका उनको सम्पूर्ण उम्मेदवार सदस्य सहितको कार्यक्रममा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीको साथै बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरुको सहभागिता रहेको थिायो । साथै उक्त कार्यक्रममा नाडाका सम्पूर्ण पूर्वाध्यक्षहरुको स्पष्ट समर्थन धुर्व थापा समूहलाई रहेको जानकारी गराइएको बताइएको थियो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वर्तमान कार्यसमिति सदस्य तथा ध्रुवबहादुर थापा प्यानलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीद्वारा सञ्चालित कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर एसोसिएसनका पुर्व अध्यक्ष माधवप्रसाद पौडेलले स्वागत मन्त्यव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी ध्रुव बहादुर थापाले आफु र आफ्नो टिम नेतृत्वमा आए पछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो शो को प्याटेन्ट लिने देखि लिएर मोफसलमा पनि केन्द्रकै आयोजनामा अटो शो गरिने अवधारणा, सदस्यहरुको क्षमता अभिबृद्धि गरिने बिषय, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा सदस्य व्यवसायीले चाहिएको जस्तो डाटा व्यवस्थापन गरेर उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थागत रुपमा नाडाका तर्फबाट गरिने समाजिक उत्तरदायित्वका कार्यहरुको बारेमा आफ्नो स्पष्ट धारणाहरु राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरुको समेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानु पर्ने आवश्यकता रहेको बिषयमा पनि उनले प्रकाश पारेका थिए ।
त्यसैगरि अहिले नाडाको सातै प्रदेशमा संगठन बिस्तार भएपनि सबै प्रदेशमा रहेका सबै व्यवसायीलाई समेट्न बाँकी रहेको भन्दै प्रदेशमा रहेका संगठनलाई थप अधिकार प्रयोजन गरि आर्थिक रुपमा पनि सवल र सक्षम बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए ।
थापाले चुनावपश्चात आफूलगायत आफ्नो टिमले सम्पूर्ण साना तथा ठुला व्यवसायीलाई समान सम्झेर नाडाको विधि र विधान अनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा सहभागी उम्मेदवारहरुले ध्रुव थापाको प्यानललाई गोल्छा, लक्ष्मी, दुगड, जगदम्बा, आइएमई, खेतान, अग्नि, विशाल, ज्योति समूह लगायत बैद्य अर्गनाइजेसन, केडिया अर्गनाइजेसन, कन्टिनेन्टल समूह आदि ठूला व्यवसायीहरुको समेत समर्थन रहेकोले जित सुनिश्चित भएको दावी गरेका छन् ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापति र पश्चिमाञ्चल अटोमोबाइल व्यवसायी संघका अध्यक्ष मोहनबाबु खड्काले अध्यक्षका प्रत्यासी धु्रबबहादुर थापाको व्यक्तित्व, व्यावसायिक यात्रा र नेतृत्व क्षमता वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा उठेका बिभिन्न बिषयमा टिमको तर्फबाट नाडाका वर्तमान उपाध्यक्ष आकाश गोल्छा र नेपालका लागि बीवाईडी इलेक्ट्रिक गाडीका आयातकर्ता यमुना श्रेष्ठले सहभागीहरुलाई जानकारी गराएका थिए ।
नाडालाई व्यवस्थित गर्दै व्यावसायिक हितमा काम गर्न सुझाव दिँदै उपस्थित यवसायीले अटो जोन निर्माणमा पहल थाल्न सुझाव दिएका थिए ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको...
काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका प्रतिनिधी मण्डलले...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...