अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले इभीको इकोसिस्टममा सरकारले ध्यान दिन नसकेको बताएका छन् । संस्थाको ४८ औं बार्षिक साधरण सभामा उनले बिद्युतिय सवारीसाधनका लागि आवश्यक इकोसिस्टम तयार गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै गएको बताएका हुन् ।
‘ईभी प्रबद्र्धनमा निजी क्षेत्रका तर्फबाट धेरै काम भएकपनि सरकारले खासै ध्यान दिन सकिरहेको छैन । इकोसिस्टम निर्माणमा व्यवसायीले धेरै लागनी गरेपनि सकारले भने केही स्थानमा चार्जिङ स्टेशन मात्रै निर्माण गरिदिएको छ ’ उनले भने, ‘हामी विद्युतिय सवारीसाधन स्वदेशमै परिक्षण गर्न सक्छौ, यसका लागि सरकारले कानुनी मान्यता दिनुपर्छ ।’
कार्यक्रमका प्रमुख अतिथी भौतिक पूर्बाधार तथा यातायात मन्त्रि देबेन्द्र दाहालले ईभी आजको आवश्यकता भएपनि यसमा प्रयोग हुने ब्याट्री डिस्पोजल र सर्भिसिङ चुनौतीपूर्ण रहेको बताए । ‘बिद्युतिय सवारीसाधनको भविष्य अनिर्णित भएपनि नेपालमा सरकारले पूर्बाधार निर्माणमा काम गरिरहेको छ’ उनले भने ।
नेपाल उद्योग बाणिज्य संघको अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रको योगदान सबै क्षेत्रमा ठूलो रहेको बताए । ‘बैंकिङदेखी बिमा र रोजगारी सिर्जनामा समेत यो क्षेत्रको योगदान निकै ठूलो छ । राजश्वमा सबैभन्दा धेरै योगदान गर्ने अटो क्षेत्रको विकासमा सरकार गम्भिर बन्नुपर्छ’ उनले भने ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...
काठमाडौं– अटोमोबाइल व्यवसायीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारण सभा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...