अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई बजेटले समेट्यो : नाडा
काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले अटोमोवाइल क्षेत्रको...
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको पहिलो इभी एक्सपोमा जम्मा ५१ स्टल रहने भएको छ । असोज ६ गतेदेखि हुन लागेको सो एक्स्पोमा ७ वटा व्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा व्राण्डका दुई पाङ्ग्रे, ३ वटा व्राण्डका टायर, २ वटा व्राण्डका ब्याट्री, ९ वटा कम्पोनेन्ट्स तथा ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने भएको हो ।
भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको छ भने युृएसएड क्लिन एयर नलेज पार्टनरका रुपमा सहभागी हुँदैछन् । युएसएडले इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सन्चालन गर्नेछ ।
एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गर्ने भएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको मेला हुन लागेको बताउँदै प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ सोमबारदेखि नै खुला गरिएको जानकारी दिए । प्रवेश गर्दा विद्यार्र्थीका लागि टिकट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ ।
‘असोज ५ गतेसम्म प्रि टिकेट बुकिङ गर्न सकिने छ, विद्युतीय सवारीको प्रयोगलाई बढाउन मेला प्रभावकारी हुनेछ’ थापाले भने । खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्दा २५ प्रतिशत ‘क्यासब्याक’ पाइने नाडाले जनाएको छ ।
काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले अटोमोवाइल क्षेत्रको...
काठमाडौं–नाडा अटो शोलाई यसपटक यति धेरै चर्चामा केहीले ल्याएको छ भने त्यो...
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले हिजो उपप्रधानमन्त्री तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...